१२८ कृषकलाई कृषि सामग्री हस्तान्तरण

मेचीकाली संवाददाता

१९ असार २०७९, आईतवार
365 shares

सुनिल आचार्य

कपिवलस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजिक एक कार्यक्रमका बीच १ सय २८ जना कृषकहरुलाई कृषि सामग्री हस्तान्तरण गरिएको हो ।

मेयर केशव कुमार श्रेष्ठले कृषि उत्पादनमा वृद्धि गर्न नगरपालिकाले विभिन्न अनुदानका कार्यक्रम संचालन गरेको भन्दै अब कृषि विमाका कार्यक्रम आवश्यक रहेको बताए । उनले कृषकको लागी सहज वातावरणको सिर्जना गर्न नगरपालिका लागी रहेको बताए । उनले परम्परागत कृषिलाई त्यागेर कृषिलाई आधुनिकिरणतर्फ लैजानुपर्ने मेयर श्रेष्ठले बताए ।

नगरपालिकाले ६५ वटा मिनी टिलर, २८ वटा पम्पसेट र ३५ वटा मोटर वितरण गरेको कृषि शाखा अधिकृत देवीराम बेल्बासेले जानकारी दिए । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मिनि टिलर , ७० प्रतिशत अनुदानमा पम्पसेट र मोटर वितरण गरेको बेल्वासेले जानकारी दिए ।