रुपान्तरण सहजकर्ताहरुका लागि दोश्रो पटकको तालिम शुरु

मेचीकाली संवाददाता

१९ असार २०७९, आईतवार
235 shares

पार्वती आचार्य

कपिवलस्तु । रुपान्तरण सहजकर्ताहरुका लागि दोश्रो पटक ८ दिने तालिम लुम्बिनीमा शुरु भएको छ । मधेश मानव अधिकार गृह (माहुरीहोम) को आयोजनामा युएनएफपीएको आर्थिक सहयोग तथा भिएसओको साँझेदारीमा रुपान्तरण कक्षा सम्बन्धी तालीमको उद्धघाटन गरिएको हो । माहुरी होमका संस्थापक अध्यक्ष रविन्द्रनाथ ठाकुरको अध्यक्षता र माहुरी होम रुपन्देही जिल्लाको संयोजक राम विकाश चौधरी को सहभागितामा शनिवार उद्धघाटन भएको थियो ।

परियोजनाको उद्देश्य बालविवाह तथा लैङ्गिक हिंसाको अन्त्य किशोरकिशोरीहरुलाई हानिकारक मुल्यमान्यताबारे सचेतनाराउँदै बालविवाह रोक्थाम गर्ने किशोरी सशक्तिकरण सामाजिक तथा लैङ्गिक मान्यतामा रुपान्तरण बालविवाह रोक्थाममा स्थानीय सरकारको प्रयास रहेको आयोजकले जनाएको छ ।

वालविवाह न्यूनिकरणकालागि विश्व व्यापी किशोरी शसक्तिकरण परीयोजना द्धारा माहुरी होमले कपिलवस्तु जिल्लामा रहेको शुद्धोधन गाउँपालिका, विजयनगर गाउँपालिका, कपिलवस्तु नगरपालिका महाराजगंज नगरपालिका र शिवराज नगरपालिकाको २५ वटा समुहमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमलाई परिणाम मुखि बनाउनका लागि पहिले तालिम लिएका सहज कर्ताहरुलाई दोस्रो पटक तालिम दिन लागेको हो ।

कार्यक्रममा माहुरी होम रुपन्देहीका संयोजक राम विकास चौधरीले रुपान्तरण गर्नका लागि पहिला आफू हुने सक्षम भएपछि त्यसपछि अरुलाई सक्षम बनाउने बताए । उद्धघाट कार्यक्रममा बोल्दै माहुरी होमको स्थापना कसरी भएको र जनतालाई कसरी सेवा र सहयोग गर्दै आएको जानकारी दिएका थिए । अब रुपान्तरणका लागि हातेमालो गर्दै जाने र सरकारको निति नियम लागु गर्न जोड गर्नुपर्नेमा जोड दिएका थिए । साथै रुपान्तरणको सम्बाहक तपाइहरु भन्दै रुपान्तरण गर्नमा रुपान्तरण सहजकर्ता हरुको ठुलो भुमिका रहने बताए ।

कपिलवस्तुमा बालविवाह ठुलो समस्याको रुपमा रहेको हुदा यसलाई न्यूनिकरण गर्न सबै सरोकारवाला, सरकारी निकाय, लगाएतले आ–आफ्नो ठाँउबाट लागी पर्ने बताए ।

कार्यक्रम माहुरी होमका पुर्व अध्यक्ष रविन्द्रनाथ ठाकुरको अध्यक्षतामा रुपान्तरण सहजकर्ता एहतेशाम खातुनको स्वागत मन्तव्य तथा माहुरी होमका जिल्ला सुपरभाइजर रिखिराम निगमको संचालन रहेको थियो । रुपान्तरण सहजकर्ताहरुका लागि ८ दिने तालिम प्रशिक्षक विन्दु बरालले दिने छन् ।