साताको सेयर बजारः ६७ अर्ब ७४ करोडको कारोबार

मेचीकाली संवाददाता

१६ श्रावण २०७८, शनिबार
450 shares

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । सेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो ।

साताभर कुल २२५ कम्पनीको रु ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार १४५ बराबरको कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल १६ करोड ७५ लाख ६६ हजार ११४ कित्ता सेयर कारोबार भयो । सबै दृष्टिकोणबाट हेर्दा साताभर सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको नेप्सेमा ऐतिहासिक बिन्दु कायम गरेर तीन हजार १०० को बिन्दुमाथि पुगेको थियो । साताको अन्तिम दिन भने नेप्सेमा करेक्सन देखियो । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएको तथा अधिक तरलता रहेका कारणले पनि शेयर बजारमा सकारात्मक प्रभाव देखा परेको हो ।

यस्तै आर्थिक वर्ष २०७७र७८ को चौथो त्रैमासको वित्तीय विवरणसमेत प्रकाशन हुन थालेकाले पनि बजारलाई सकारात्मक लय दिन सफल भएको हो । गत असार महिनाभर नेप्सेमा लगातार करेक्सन देखिएको भए पनि साउन लागेदेखि बजारले गति समात्दा लगानीकर्तामा उत्साह देखिएको छ ।

सेयर बजारका जानकारका अनुसार नेप्सेमा ‘बुलिस ट्रेन्ड’ को दबदबा कायमै छ । सोही कारण पनि हरेकजसो उपसूचकमा सकारात्मक प्रभाव देखिएको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४।३१ विन्दुले उकालो लागेर तीन हजार ५८।६३ मा पुगेको थियो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११।७४ विन्दुले बढेर ५७४।०२ मा पुग्दा कारोबार रकम पनि उल्लेख्य वृद्धि भयो । कुल २२३ कम्पनीका चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर ओरालो लाग्दा ११ उपसमूहको सेयर उकालो लागेको थियो । कारोबारका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रही रु ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद बिक्री भएको थियो ।

आइतबार उच्च अङ्कले बढेको कारोबार मापक नेप्से परिसूचक सोमबार ८।२४ बिन्दुले ओरालो लाग्यो । त्यसदिन नेप्सेमा करेक्सन भई तीन हजार ५०।४२ मा ओर्लेको थियो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।९३ बिन्दुले ओरालो लागेर ५७१।१० मा झरेको थियो ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने रु १४ अर्बमाथि रहेको छ । कुल २२३ कम्पनीका तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर रु १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर ओरालो लागेको थियो ।

कारोबारका आधारमा आज ङादी ग्रुप अफ पावर शीर्ष स्थानमा रही रु ३९ करोड ३० लाख ३७ हजार ८३२ बराबरको कारोबार भयो । सोमबार कारोबारका आधारमा विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो पावर, माउण्टेन हाइड्रो नेपाल, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, ङादी ग्रुप अफ पावरको शेयरमा सकारात्मक सर्किट लागेको थियो ।

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको सेयरमा परे पनि मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । त्यस दिन बजार पुँजीकरण रु ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुग्यो । लगानीकर्ताको ध्यान विशेष गरी जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र जलविद्युत् उपसमूहको सेयरमा परेको नेप्सेको विवरणबाट देखियो ।

मङ्गलबार नेप्से २९।२४ बिन्दुले बढेर तीन हजार ७९।६७ मा पुग्यो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।१९ बिन्दुले बढेर ५७४।३० मा पुगेको थियो । कुल २२५ कम्पनीका तीन करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर रु १५ अर्ब १७ करोड छ लाख ५१ हजार ६४३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य ओरालो लागेको छ भने नौ उपसमूहको सेयरमा वृद्धि भएको छ । केन्द्रीय बैंकले सोमबार बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गर्न निर्देशिका जारी गरेपछि त्यसदिन बैंकिङ २।६३ र लघुवित्त उपसमूहको सेयर ११६।६६ बिन्दुले घटेको थियो ।

कारोबारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको थियो । सो बैंकको रु ४९ करोड १५ लाख ५० हजार ७५५ बराबरको कारोवार भयो । नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रो पावर घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको सेयरमा सकारात्मक सर्किट लाग्यो ।

बुधबार नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुग्यो । बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम गर्यो । नेप्से १५।३० अङ्कले बढेर तीन हजार ९४।९४ मा पुग्दा तीन हजार १०० को बिन्दुको यात्रा तय गर्यो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।०२ बिन्दुले बढेर ५७४।३२ मा पुगेको छ । कुल २१९ कम्पनीका दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर रु १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ मूल्यमा खरिद बिक्री भए ।

कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब पाँच अर्ब २२ करोड ५२ लाख ६० हजार बराबर पुग्यो । यो पनि हालसम्मकै उच्च अङ्क हो । कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर ओरालो लाग्दा नौ उपसमूहको सेयर भने उकालो लाग्यो । कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रही रु ३८ करोड ६१ लाख ४७ हजार ८१८ बराबरको कारोबार भयो ।

बुधबार नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्सको सेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लाग्यो । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । लगातार नयाँ–नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । अन्तिम दिन नेप्से १५।११ बिन्दुले घटेर तीन हजार ७९।८३ मा ओर्लियो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।४७ बिन्दुले घटेर ५७०।८५ कायम भयो ।

कुल २१७ कम्पनीका दुई करोड ६० लाख ४० हजार २३ कित्ता रु १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ मा कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख ९० हजार बराबर भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ४५।४१ र विकास बैंक ५३।४ बिन्दुले बढ्यो ।

कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा रही रु ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबरको कारोबार भयो । यस साता जलविद्युत् उपसमूहका लगानीकर्ताले सर्वाधिक धेरै कमाए । त्यसमा रिडी हाइड्रोपावरका लगानीकर्ताको ३१।१२ प्रतिशतले सम्पत्ति थपियो । यस्तै नेपाल हाइड्रो डेभलपर २८।३४, ङादी ग्रुप अफ पावर २७।२२, हिमालयन ऊर्जा विकास कम्पनी २६।७२ र यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले २५।९९ प्रतिशतले आर्जन गरे । त्यस्तै सिटिजन म्युचुअल फन्ड दुई ५।२१, एनआइसि एसिया ग्रोथ फन्ड ४।३४, सिभिल लघुवित्त ३।७६, ग्लोबल आइएमइ समुन्नत स्किम एक ३।७२ र सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले ३।६५ प्रतिशतले कमाए । रासस