नेपाल केमिकल सोसाइटी लुम्बिनीमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

२६ असार २०७९, आईतवार
436 shares

बुटवल । लुम्बिनी प्रदेशमा रहेका विभिन्न बिज्ञान, प्रविधि, अनुसंधान र गुणस्तर विभागमा कार्यरत रसायनविदहरूको भेलाले सह प्राध्यापक डा. कृष्ण प्रसाद शर्माको नेतृत्वमा प्रदेश कार्यसमिति निर्विरोध चयन गरेको छ ।

प्राध्यापक भोजराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल केमिकल सोसाइटी केन्द्रीय समितिका महासचिब सह प्राध्यापक डा. महेश कुमार जोशी, उप प्राध्यापक दिपक श्रेष्ठ र सह प्राध्यापक डा. कृष्ण प्रसाद शर्माले बैज्ञानिक प्रस्तुतिकरण दिएका थिए । डा. उमेश न्यौपानेको सभापतित्वमा सम्पन्न औपचारीक कार्यक्रमको सञ्चालन उप प्राध्यापक माधब गौतमले गरेका थिए । भेलाले आगामी २ वर्षको लागि उपाध्यक्षमा उप प्राध्यापक माधब गौतम, सचिव डा. उमेश न्यौपाने, सहसचिव उप प्राध्यापक योगराज पोखरेल, कोषाध्यक्षमा निलकमल कसौधनलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा उप प्राध्यापक शैलेन्द्र कुमार त्रिपाठी, सपना घिमिरे, तेज नारायण चापागाईं, आकाश लखेर, श्रवण कुमार ढुंगाना चयन भएका छन् । निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ निर्वाचन मण्डलका संयोजक सह प्राध्यापक भरत सिं बिष्ट तथा सदस्यहरु उप प्राध्यापक भुबन भट्टराई र बसन्त खनालले गराएका थिए । वैज्ञानिकहरुको उक्त भेलाले अग्रज प्राध्यापक भोजराज भटृराईलाई सम्मान गरेको थियो ।