रोटरी क्लब अफ बुटवल चौतारीको अध्यक्षमा केसी

मेचीकाली संवाददाता

२६ असार २०७९, आईतवार
315 shares

बुटवल । रोटरी क्लव अफ बुटवल चौतारीमा नयाँ नेतृत्व चयन भएको छ । क्लवको चौथो पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । वर्ष २०२१/०२२ का अध्यक्ष सुरज क्षेत्रीले वर्ष २०२२/२३ का अध्यक्ष सन्तोष केसीलाई पद हस्तान्तरण गरेका छन् । पदस्थापन कार्यक्रमको उदघाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजूले रोटरीमा युवाहरुको नेतृत्व स्थापित गर्नका लागि पहल भैरहेकाले यसले रोटरीलाई अझ बढी क्रियाशिल हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले रोटरी इन्टरनेशनल र रोटरी डिष्ट्रिकले लिएको लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न पनि क्लवलाई आग्रह गरे । कार्यक्रममा डिष्ट्रिक एसिष्टेन्ट गभर्नर इलेक्ट ध्वजूले अध्यक्ष सन्तोष केसीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए भने अध्यक्ष केसीले बोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । त्यस अवसरमा क्लवद्वारा प्रकाशित डाइरेक्टरी विमोचन गरिएको थियो ।
कार्यक्रममा क्लवका अध्यक्ष सन्तोष केसीले आफ्नो कार्यकालमा २ वटा मुख्य काम गर्ने बताए । उनले इलाका प्रहरी कार्यालयमा सवारी चालकहरु दुर्घटनाहुदा केहि समय बस्नुपर्ने थुनुवा कक्ष र क्लवको कार्यालय भवन लगायत अन्य नियमित सामाजिक उत्तरदायित्वका सबै कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा २०२१/०२२ का अध्यक्ष सुरज क्षेत्रीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैक्षेत्रका ब्याक्तित्वलाइ सम्मान समेत गरेका थिए भने पत्रकारिताबाट क्लवको प्रचारप्रसारमा उच्च योगदान गरेको भन्दै नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवालीलाई नगद सहित सम्मान गरिएको थियो ।
सो अवसरमा क्लव एडभाइजर राजेन्द्र ढकाल,एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी,चार्टर प्रेसिडेन्ट बिष्णु घिमिरे,पास्ट प्रेसिडेन्ट थानेश्वर पाण्डे , चार्टर प्रेसिडेन्ट बिष्णु घिमिरे, प्रेसिडेन्ट इलेक्ट दिनेशमणी सुबेदी,२०२१/०२२ का सचिव लक्ष्मण सुवेदी, रोट्याक्टका तर्फबाट बिदुर ज्ञवाली लगायतले बोल्दै क्लवलाइ नमुना बनाउन सुझाव दिएका थिए ।

वर्ष २०२२/०२३ का अध्यक्ष सन्तोष केसी नेतृत्वमा रहेको क्लवको सचिबमा सुदीप थापा,कोषाध्यक्षमा राहुल क्षेत्री तथा आइपिपिमा सुरज क्षेत्री,चार्टर प्रेसिडेन्ट बिष्णु घिमिरे, प्रेसिडेन्ट इलेक्ट दिनेशमणी सुबेदी, प्रेसिडेन्ट नोमिनी अर्जुन ढकाल,भाइस प्रेसिडेन्ट लक्ष्मण सुबेदी, जोइन्ट सेक्रेटरी जीबबहादुर बुढाथोकी, जोइन्ट टेजर मिलन बिक, चेयर एडमिनमा कपिल पोखरेल, चेयर पब्लीक रिलेसन पदम खनाल,चेयर सर्विस प्रोजेक्ट श्रीकान्त सुबेदी, चियर टिआरएफ बिनोद खाती,चेयर युथ सर्विस युवकान्त पराजुली,एडिटर दीपा भण्डारी, इन्फरमेशन एण्ड टेक्नोलोजी बिमेश रिजाल, एलालाइसिस एसजिटी थानेश्वर पाण्डे, चियर फण्ड राइजि उमापति भुसाल, जोइन्ट एसजिटी लक्ष्मण कुवर र जोइन्ट एडिटर प्रकाश खनाल रहेका छन् ।