मानव अधिकार एलाइन्सको स्थापना दिवसमा अन्तरक्रिया

मेचीकाली संवाददाता

३० असार २०७९, बिहीबार
403 shares

पार्वती आचार्य

कपिलवस्तु । मानव अधिकार एलाइन्सको २३ औं स्थापना दिवसको अवसरमा युवाका अधिकार राज्यको दायित्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार एलाइन्स केन्द्रिय समितीको बैठकको निर्णय अनुसार मानव अधिकार एलाइन्सको २३ औं स्थापना दिवस देशैभर एकै साथ मनाईएको छ । सोही अनुसार मानव अधिकार एलाइन्स जिल्ला शाखा कपिलवस्तुको आयोजना तथा सिद्धार्थ सामाजिक बिकास केन्द्र र आईएमको सहयोगमा असार २९ गते एक कार्यक्रमको आयोजना गरी सिद्धार्थ सामाजिक बिकास केन्द्रको सभाहलमा सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले मानवको अधिकार गर्भदेखि चिहान सम्म जाउञ्जेल सम्म अधिकार समान हुनुपर्ने बताए । मानव अधिकार एलाइन्स जिल्ला शाखा कपिलवस्तुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरुले अधिकार लिंदा कर्तब्यको समेत पालना गर्नुपर्नेमा जोड दिए । साथै उनले लागूपदार्थ दुव्र्यसनीमा धेरै युवाहरु फसिएको हुँदा यसलाई न्यूनिकरण गर्नका लागि स्थानियतह मुख्य श्रोत भएको बताए ।

यसैगरी मानव अधिकार एलाइन्स जिल्ला शाखा संस्थापक संयोजक डम्बर शर्माले मौलिक हकको बिषयमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले बुझ्न जरुरी भएको बताए । स्थानियतहहरुले बनाउने निती नियम के कसरी निर्माण भएका छन् भन्ने बिषयमा जान्न आवश्यक भएको बताउँदै युवाहरुका लागि राज्यले निती नियम बनाएको छ छैन भन्ने बिषयमा खोजिनिधी गर्नुपर्नेमा जोड दिए ।
यसैगरी बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी थारुले आफूले प्राप्त गर्ने अधिकारका लागि स्वयमं ब्यक्तीले पनि खोज्न जरुरी भएको बताउनु भयो । शिक्षा, स्वास्थ्य, खाद्य लगाएतका बिषयमा आ आफ्नो क्षेत्रबाट पैरवी गर्न आवश्यक भएको बताइन् । ‘उद्यमी बन्ने ब्यवसायीहरुलाई नगरपालिकाले कोषको ब्यवस्थापन गरेको छ । नगरले ल्याएका बिभिन्न योजनाहरुमा नातावाद र कृपावाद हुने छैन’, उनले भनिन ।

युवाहरुका लागि युवालक्षित कार्यक्रमहरु, स्वास्थ्य, शिक्षा र जेष्ठ नागरिकहरुकालागि, एकल महिलाका कार्यक्रमहरु, गुणस्तरिय सेनेटरी प्याड, खेदकुद र शिक्षामा बजेट बिनियोजन गरिनुका साथै लक्ष्य र उद्देश्यका साथ नगरलई अगाडी बढाउने खाल्का बजेटहरु बिभिन्न क्षेत्रमा बिनियोजन गरिएको उपमेयर थारुले बताइन् ।
यस्तै मानव अधिकार एलाइन्सका पुर्व अध्यक्ष देवी बहादुर पोखरेलले निती निर्देशिकामा हेर्दा सबैका लागि मैत्रि भए पनि कार्यालयमा अपांग मैत्री, जेष्ठ नागरिक मैत्रि नभएको बताए । इन्सेक मानव अधिकार समूह बाणगंगाका अध्यक्ष इन्दिरा पन्तले युवाहरुलाई बिदेश पलाएन हुन नदिन युवाहरुका लागि नगरपालिकाले दिर्घकालिन कार्यक्रमहरु संचालन हुनुपर्ने जिज्ञासा राखिन । स्वयंम सेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले भन्दा युवाहरु देशका कर्णधार हुन भनिएपनि ब्यवहारमा युवाहरुलाई पछाडि पारिएको महसुस भएको बताए ।

यसैगरी कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रिय लेखा समितीका संयोजक पोम नारायण पौडेलले युवाका अधिकार र राज्यको दायित्वको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । भने मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य रोमकान्त घिमिरेले मानव अधिकार एलायन्सको संक्षिप्त परिचय तथा मानव अधिकार र मौलिक हक संम्बन्धि ब्यवस्थाबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि सहभागिहरुले सुझाव समेत दिएका थिए ।
कार्यक्रममा पार्टीका प्रतिनिधी, मानव अधिकार एलाइन्सका संस्थापक अध्यक्षहरु, पुर्व अध्यक्षहरु ठाकुर पाखरेल, सामाजिक अभियान्ता चेतना अधिकारी, बुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डे, नेपाल पत्रकार महासंघका सदस्य बाबुराम रायमाझी, मानव अधिकार एलाइन्स जिल्ला शाखाका पदाधिकारीहरु लगाएत बिभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षतामा मानव अधिकार एलाइन्सका सह सचिव टुक प्रसाद अर्यालको स्वागत मन्तव्य तथा सचिव पार्वती आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।