रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको अध्यक्षमा पराजुली

मेचीकाली संवाददाता

३१ असार २०७९, शुक्रबार
437 shares

बुटवल । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको सातौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बिच वर्ष २०२१/२२ का अध्यक्ष नबिन अर्यालले वर्ष २०२२/०२३ का अध्यक्ष माधव पराजुलीलाई पद हस्तान्तरण गरेका हुन् ।

सातौँ पद हस्तान्तरण कार्यक्रममा मायाको चिनो वितरणलाई स्थगित गरि सो कार्यक्रममा उपस्थित सम्पूर्ण रोटरी/रोट्रयाक्टहरुको तर्फबाट मायाको चिनोको रूपमा महाबिर पुन नेतृत्वको सामाजिक संस्था राष्ट्रिय आबिष्कार केन्द्रलाई १५ हजार रुपैयाँ प्रदान गरेको छ ।

सामाजिक कार्यको शुरुवातमा साथ दिने सम्पूर्ण रोटरी/रोट्रयाक्टहरुलाई अर्यालले आभार प्रकट गरे । क्लबले निर्देशीका अनुसार कामहरु सम्पन्न गरेको उनले बताए । साथै उनले नव कार्यकालका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

वर्ष २२/२३ का अध्यक्ष पराजुलीले विगत देखि नै सामाजिक क्षेत्रमा निरन्तर कामहरु गदै आएको बताउँदै अघिल्लो वर्ष बाँकी रहेका कामहरुलाई निरन्तरता दिँदै जाने बताए । विगतका कामलाई निरन्तरता दिदै आफ्नो कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले रोट्रयाक्ट क्लवहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । क्लबले बिगतदेखि नै सामाजिक क्षेत्रमा अनाथ, असाय,अपाङ्गता भएकाहरुको लागि महत्वपूर्ण कामहरु गदै आएकोमा खुसी व्यत गरे । आगामी दिनमा लागुऔषध बिरुद्ध क्लबहरुले जनचेतनामुलक कार्यक्रमहरु सन्चालन गरी यसको प्रयोग गर्नेहरुलाई निरुत्साहीत गनुपर्ने बताए ।

कार्यक्रममा बिशिष्ठ अतिथि रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर लक्ष्मण खरेल, मोहन न्यौपाने, राजेद्र ढकाल, बिष्णु भण्डारी, सनराइजÞ बैंक लुम्बिनी प्रदेश प्रमुख सुनील मण्डल, सिद्धबाबा हस्पीटलका पशासकिय प्रमुख प्रकाश न्यौपाने लगायतले बोल्दै क्लवलाइ नमुना बनाउन सुझाव दिएका थिए । कार्यक्रम वर्ष २१/२२ अध्यक्ष नबिन अर्याल र २२/२३ का अध्यक्ष माधव पराजुलीको संयुक्त अध्यक्षता तथा प्रकाश पौडेल र मोहन खत्रीको संयुक्त सन्चालनमा सम्पन भएको थियो ।