किसानले जनप्रतिनिधिलाई बाँधेर मन्दिर पु¥याए !

मेचीकाली संवाददाता

३ श्रावण २०७९, मंगलवार
367 shares

बुटवल । लामो खडेरी बालीनाली नष्ट भएपछि पानी पर्ने विश्वासका साथ पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पु¥याएका छन् । सोमबार सरावल गाँउपालिकाका किसानले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर नजिकैको मन्दिर लगेका हुन् ।
खडेरीले अक्रान्त बनेपछि किसानहरुले पानी पर्ने विश्वासका साथ विश्वासका साथ यस्तो उपाय निकालेका हुन । खडेरीले अप्ठ्यारोमा परेका किसानले गाँउका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा मन्दिर लगिएको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए ।

‘पहिले पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गर्ने चलन थियो । त्यसपछि समस्या समाधान हुन्थ्यो, अहिले जनप्रतिनिधि नै गाउँका अगुवा हुन्, त्यसैले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगिएको हो ।’ उनले भने । लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ ।
बाँधेर मन्दिर लगिएका गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, उपाध्यक्ष बासमती चमार, वडा नं ३ का वडा अध्यक्ष फिरिंगी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली, पूर्वसांसद रामलखन हरिजन, वडा नं ४ का अध्यक्ष सुरेस यादव, वडा नं ५ का वडाअध्यक्ष लक्ष्मण चौधरीलगायतका जनप्रतिनिधिले मन्दिरमा पूजाअर्चना गरेका थिए ।

स्वच्छ मनले पूजा अर्चना गरे लामो समयदेखि परेको खडेरी अन्त्य गर्नका लागि भगवान् खुसी भएर पानि पार्ने विश्वासमा यस्तो गरिएको स्थानीयको भनाइ छ । जब असार महिनामा लामो समय पानी पर्दैन, तब स्थानीयले अगुवालाई बाँधेर मन्दिरमा लगेर हिलो छ्याप्ने र उनीहरुले मन्दिरमा पूजा गर्ने प्रचलन छ ।
तीनदिनसम्म पूजा अर्चना गरी अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिकासहित मन्दिरमा पुजा अर्चना गर्दा भगवान खुसी भएर पानि दिने विश्वास छ । अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा रहेको छ ।

२१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । मल नपाएका किसान यति बेला थप पिडामा परेका छन् । असारको पहिलो साताबाटै रोपाइँ सुरु गरेका किसान आकासे पानीको भर पर्दा र वैकल्पिक सिँचाइको व्यवस्था नहँुदा रोपो सुक्न थालेको छ । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिव अर्यालले प्रति हेक्टर ४१ क्वीन्टल धान उत्पादन हुने गरेको र यस वर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाइँ भएको जानकारी दिए ।