कृष्णनगरबाट राँगा र खसीबोका नियन्त्रणमा

मेचीकाली संवाददाता

६ श्रावण २०७९, शुक्रबार
487 shares

कपिलवस्तु । कृष्णनगर भन्सार कार्यालयले कृष्णनगर नगरपालिका वडा नं. १ र ६ का विभिन्न क्षेत्रबाट चोरी तस्करी गरी ल्याइँदै गरेका ८१ वटा राँगापाडा र ७० वटा खसीबोकालाई नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि भारतबाट नेपालतर्फ चोरी तस्करी हुने गरेको सूचनाको आधारमा बिहीबार राती करिब २ बजे राँगापाडा र खसीबोकालाई नियन्त्रणमा लिइएको कृष्णनगर भन्सार कार्यालयले जानकारी दिएको छ ।

साउन ५ गते राति अवैध तस्करी हुने सूचना पाए पछि कृष्णनगर भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले उक्त राँगापाडा र खसीबोका नियन्त्ररणमा लिइएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले जानकारी दिए ।

७० वटा खसीबोकाको लिलाम प्रक्रिया भइसकेको छ भने ८१ वटा राँगापाडाको लिलाम प्रक्रिया बाँकी रहेको सूचना अधिकारी गौतमले बताए । राँगापाडा र खसीबोकाका मालिक भने फरार रहेको जनाइएको छ ।