‘अनुभवी करारका कर्मचारीलाई सेवाबाट नहटाऊ’

मेचीकाली संवाददाता

७ श्रावण २०७९, शनिबार
355 shares

बुटवल । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, रूपन्देहीले स्थानीय तहमा कार्यरत करारका कर्मचारीहरुलाई सेवाबाट नहटाउन आग्रह गरेको छ । विभिन्न पालिकाहरूमा राजनीतिक पूर्वाग्राहीको आधारमा करारका कर्मचारीहरुलाई हटाउन थालिएको भन्दै त्यस्तो कार्य तत्काल रोक्न टे«ड युनियनले माग गरेको हो ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, रूपन्देहीका अध्यक्ष हरिप्रसाद खनाल र उपाध्यक्ष भोजराज न्यौपानेद्वारा शनिबार जारी विज्ञप्तीमा कानुनी प्रक्रिया पु¥याई करार सेवामा नियुक्ती गरिएका अनुभवी कर्मचारी हटाई पुनः करारमा नियुक्ति गर्नु भनेको झन समस्यालाई जटिलतातर्फ लैजाने उल्लेख छ । करारका कर्मचारीको म्याद थप गरी सेवामा निरन्तरता दिन माग गरिएको हो ।

त्यसैले सम्बन्धित स्थानीय तहसँग उक्त अनुभवी कर्मचारीहरुलाई निरन्तरता दिन माग गरिएको छ । साथै रिक्त रहेका दरबन्दीअनुसारका कर्मचारीलाई लोकसेवा आयोगदारा पदपूर्ति गर्नेतर्फ पहल गर्न आधिकारिक ट्रेड युनियन जिल्ला कार्यमिति रुपन्देही जोडदार माग गरेको छ ।