रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीको अध्यक्षमा मनोरथ अर्याल

मेचीकाली संवाददाता

८ श्रावण २०७९, आईतवार
375 shares

बुटवल । रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । कार्यक्रममा वर्ष ०२१/२२ का अध्यक्ष अशोक ज्ञवालीले वर्ष ०२२/२३ का अध्यक्ष मनोरथ अर्याललाई पद हस्तान्तरण गरेका थिए । क्लबका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरीले वर्ष ०२२/०२३ का अध्यक्षलाई अर्याललाई पदतथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै महानायक राजेश हमालले युवाहरु नै देश समृद्धि बनाउने बाहक रहेको भन्दै युवाहरु संगठित भएर लाग्नुपर्ने बताए । अहिलेका युवाहरुलाई तत्कालको तत्काल परिणाम चाहिने भएपनि त्यस्तो परिणाम दिगो नहुने भन्दै युवामा धैयर्ता, लगनशिलता र इमान्दारिता भए देशमा सुसासन र विकासले फड्को मार्ने बताए ।

धेरै युवाहरुमा विदेशमा गएपछि मात्र सफलता हात पार्न सकिन्छ भन्ने मनोभाव रहेको भन्दै नेपालमा थोरै लगानी तर नयाँपनको काम गरेपनि विदेशमा कमाउने भन्दा बढि रकम नेपालमै कमाउन सकिने बताए । पछिल्लो समय विकसित भइरहेको सामाजिक सञ्जालको प्रयोगले धेरै युवाहरुलाई अल्छिसमेत बनाएको भन्दै फर्सुदको समयमा सामाजिक सञ्जालमा रम्नुको सटट केही नयां अनुसन्धानमा युवाहरु लाग्नुपर्ने बताए ।

रोटरी बुटवल साउथका संस्थापक अध्यक्ष डा. रामचन्द्र आचार्यले समाज रुपान्तरणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष मनोरथ अर्यालले एक वर्षको अवधिमा क्लबका सदस्यहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै सरसफाइ, शैक्षिक सामग्री वितरण, खेल प्रवद्र्धनात्मक कार्यक्रमलाई अघि बढाउने बताए । सो अवसरमा रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी वर्ष खेलाडीबाट क्रिकेट खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा रोट्रयाक्ट बुटवल साउथका अध्यक्ष भुपेन पाण्डे, रोटरी बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका पूर्वअध्यक्ष उमानाथ अधिकारीको स्वागतप, पूर्वअध्यक्ष प्रकाश पराजुलीको धन्यवाद मन्तव्य रहेको कार्यक्रमको सञ्चालन राजु भुर्तेल र शुभेच्छा पाण्डेले गरेका थिए ।