बोलबम धाममा सरसफाई तथा भण्डारामा सहयोग

मेचीकाली संवाददाता

९ श्रावण २०७९, सोमबार
325 shares

बुटवल । रोटरी क्लव अफ बुटवल डाउनटाउनले पर्रोहा परमेश्वर बोलबमधाममा सरसफाई तथा भण्डारामा सहयोग गरेको छ । रोटयाक्ट क्लव अफ बुटवल डाउनटाउन, रोटयाक्ट क्लव बुटवल रामापिथेकस, रोटयाक्ट क्लब अफ सिनर्जि, इनरह्वील क्लव अफ जितगढीको सहआयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो ।

गतवर्षहरुमा पनि बोलबमधाममा सफाई तथा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र यो बर्ष पनि सहयोगका कार्यक्रम निरन्तर राखिएको रोटरी क्लब बुटबल डाउनटाउनका अध्यक्ष भरत रानाले बताए । बोलबम धामका अध्यक्ष रामबली चौधरीले सबैको सहयोगले संस्थालाई थप विकसित बनाउनसक्ने बताए ।

कार्यक्रममा रोटरि क्लब बुटबल डाउनटाउनका पूर्वअध्यक्षहरु राजेन्द्र ढकाल, बिमलराज भट्टराई, जबिन कक्षपति, रोट्याक्ट डाउनटाउनका अध्यक्ष सौरभ भुषाल, रोटयाक्ट क्लब रामापिथेकसका अध्यक्ष बिष्णु घिमिरे, रोटयाक्ट क्लब सिनर्जीका अध्यक्ष अर्जुन पौडेल, इनरह्वील क्लब जितगढीका अध्यक्ष गिता शर्मा लगायतले मन्तब्य राखेका थिए ।