ज्येष्ठ नागरिक मिलन केन्द्र वाग्लाद्धारा वृद्धवृद्धाहरुलाई फलफूल वितरण

मेचीकाली संवाददाता

९ श्रावण २०७९, सोमबार
597 shares

बुटवल । गुल्मीको धुर्कोट गाँउपालिका ७ वाग्ला साबिक ६ नम्बर वडाका युवाहरुले ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरी वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेका छन् ।

‘बाबु आमाको जिम्मेवारी अब हाम्रो काँधमा’ भन्ने मूल नारा बोकी स्थापना भएको ज्येष्ठ नागरिक मिलन केन्द्रले वृद्धवृद्धाहरुलाई गत असार २५ गते फलफूल वितरण गरेको हो । कार्यक्रमको उद्घाटन स्थानिय ८२ वर्षीय गनबहादुर घर्तिले गरेका थिए । कार्यक्रममा ८० घरधुरीका वृद्ध बुबा आमालाई फलफुल वितरण गरिएको समितिका सहसंयोजक पुष्कर घिमिरेले जानकारी दिए ।

वृद्ध अवस्थामा पुग्नु भएका र पुग्न लाग्नु भएका समस्त आमाबुबाले आफ्ना सन्तानको लागि गरेका हरेक कार्यको उच्च सम्मान गर्दै माथिल्लो पुस्तासँग भएको ज्ञान, अनुभव र सिकाइको पाठलाई तल्लो पिढिसम्म साटासाट गर्नुका साथै सम्पूर्ण आमाबाबुको सामाजिक जीवन सक्रिय र रचनात्मक बनाई राख्ने उद्देश्यले स्थापित स्वंयम् सेवामूलक समूह रहेको छ । यस अभियानलाई सञ्चालन गर्न तीन तहका उमेर समूहको समिति रहेको घिमिरेले बताए ।

यस अभियानले बाबुआमाको खुसीका लाागि धार्मिक तथा सांस्कृतिक कार्य, रचनात्मक कार्य, सामाजिक तथा सेवामूलक कार्य, कल्याणकारी कार्यहरु सञ्चालन गर्नेछ ।