नीमा एकेडेमीद्वारा शिक्षकलाई डिजिटल शिक्षणसम्बन्धी तालिम

मेचीकाली संवाददाता

१० श्रावण २०७९, मंगलवार
506 shares

बुटवल । नीमा एकेडेमीले चाँगुनारायण नगरपालिकाका शिक्षकहरुलाई लक्षित गरी डिजिटल शिक्षण अध्ययनसम्बन्धी तालिम सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा एकेडेमीले तीन हप्ते तालिम सञ्चालन गरेको हो ।

नीमा एकेडेमी ई–लर्निङ प्लेटफर्मको डिजिटल माध्यमबाट के–कसरी पठनपाठन गर्न सकिन्छ भन्ने विषयमा शिक्षकहरुलाई जानकारी गराइएको एकेडेमीले जनाएको छ। शिक्षण क्षेत्रलाई पनि परिवर्तनमूखी बनाउने उद्देश्यले यो तालिम अत्यावश्यक रहेको एकेडेमीले जनाएको छ ।

तालिममा पालिकाका आधारभूत र माध्यमिक विद्यालय गरी ३४ वटा विद्यालयसँग आबद्ध शिक्षकशिक्षिकाहरु सहभागी भएका थिए । तालिमको सहजीकरण सुजित गो। श्रेष्ठले गरेका थिए । दोस्रो चरणमा ३४ वटै विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी तालिम आयोजना गर्ने तयारी भइरहेको एकेडेमीको भनाइ छ ।

एसईईको नतिजा नीमा एकेडेमीको इलर्निङ एपबाट पनि हेर्न सकिने
एसईई २०७८ को नतिजा नीमा एकेडेमीको इलर्निङ एपबाट पनि हेर्न सकिने भएको छ । समयमै आफ्नो मूल्यांकन थाहा पाउन नसक्ने सरोकारवालाहरुको गुनासोलाई मध्यनजर गर्दै छिटो र सरल उपायबाट थाहा पाउने संयन्त्र बनाएको नीमा एकाडेमीले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार अन्तिम साता प्रकाशन गर्ने गरी तयारी गरिरहेको छ । विद्यार्थीले आफ्नो विवरण ९जन्ममिति र सिम्बोल नम्बर० नीमा एकेडेमी एपमा दर्ता गराउनु पर्नेछ र नतिजा प्रकाशन हुनसाथ आफैं विद्यार्थीको मोबाइलमा नोटिफिकेसन जाने नीमा एकेडेमीका सीईओ निश्चलमान प्रधानले जानकारी दिए ।

विवरण दर्ता यसरी गर्न सकिन्छ

  • प्लेस्टोरबाट निमा एकेडेमी इलर्निङ एप डाउनलोड गर्ने
  • साइन अप गर्नुहोस् वा एपमा लग इन गर्ने
  • तलको इक्जाम रिजल्ट भ्यू खण्डमा जाने
  • आफ्नो जन्ममिति र सिम्बोलनम्बर दर्ता गर्ने

एसईईको नतिजा प्रकाशन भएपछि माथिको प्रक्रिया पूरा गरे केही बेरमै नीमा एकेडेमी एपको माध्यमबाट परीक्षार्थीको मोबाइलमै नतिजा पुग्नेछ।