डिभिजन वन कार्यालय कपिलवस्तु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी प्रगति हासिल गर्न सफल

मेचीकाली संवाददाता

१२ श्रावण २०७९, बिहीबार
428 shares

पार्वती आचार्य
कपिलवस्तु । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदिले आ.वं २०७८/०७९ मा लुम्बिनी प्रदेशमै सबैभन्दा बढी ९७ प्रतिशत प्रगती हाँसिल गर्न सफल भएको बताए ।
जिल्ला वन कार्यालय कपिलवस्तुले आर्थिक वर्ष २०७८/२०७९ को समिक्षा तथा आ.व. २०७९/२०८० को योजनाका विषयमा मिडिया अन्तक्र्रिया कार्यक्रमा बोल्दै उनले यस्तो बताए । वन संवद्र्धन व्यवस्थापन सहजिकरणअन्तर्गत मिडिया अन्तक्र्रिया कार्यक्रम बुद्धभूमि–२ गोरुसिंगेमा सम्पन्न भएको हो ।

उनले वन अतिक्रमण प्रमुख चुनौती रहे पनि आ.व ०७८, ०७९ मा ४० हेक्टर अतिक्रमित बन क्षेत्र हटाउन सफल भएको बताए । आ.व ०७८, ०७९ मा नयाँ वन अतिक्रमण नभएपनि अहिले पनि जिल्लामा १ हजार ५ सय ६७. ५७ हेक्टर क्षेत्रफल बन अतिक्रमणमा परेको बताए । उनले खाली जग्गा व्यवस्थापनमा समेत उल्लेख्य प्रगती हांसिल गर्न सफल भएको बताए ।
खाली जग्गामा सबैको आंखा लाग्ने भएको बताउँदै छिटो हुर्किने प्रजाती रुख बिरुवा लगाउन खालीजग्गा व्यवस्थापनमा ध्यान दिएको छ । जिल्ला वन कार्यालयले शुसासनलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको बताउँदै दिगो वन व्यवस्थानका लागि वातावरणीय, आर्थिक, सामाजिक पक्ष विच सन्तुलन हुनुपर्ने औल्याए ।

उनले संवद्र्धन क्रियालाप कार्यान्वयन, खाली जग्गा व्यवस्थापन, खहरे खोला तथा पानी निकास व्यवस्थापन, घाटगद्दी व्यवस्थापन, करिडोर तथा कनेक्टिभिटी, पानीको श्रोत व्यवस्थापन, अग्नी रेखा निर्माण मर्मत संभारलगायतका क्षेत्रमा उत्कृष्ठ कार्य गरेको जिकिर गरे ।
साथै वन ऐन २०४९ नियामवली २०५१ अनुसार वन कार्ययोजना तयार गरी कार्यान्वयन हुँदै आएको, नमुना मापनको आधारमा वन स्रोत सर्वेक्षण गरी मौज्दात आंकलन गरी वार्षिक स्विकार्य कटौटीमा आधारीत वन व्यवस्थान गरिँदै आएको जानकारी दिए । यसैगरी २०७१ सालमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि अनुसार बन संरक्षण संर्वद्धन प्रणालीमा आधारित व्यवस्थापन हुँदै आईरहेको बन अधिकृत सुवेदीले बताए ।
कार्यक्रममा वैज्ञानिक बन व्यवस्थापन उपभोक्ता महासंघका लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापाले पत्रकारले सत्य तथ्यको आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गरे । यस्तै पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले राजनीतिक दलका नेताहरुमा सुधार भए मात्र वन अतिक्रमण हट्ने बताए ।

कार्यक्रममा खगप्रसाद चापागाई, मोहन बेल्बासेलगायतको सुझाव दिएका थिए । कार्यक्रमको अवसरमा वन वातावरण तथा वन्यजन्तु, सिमसार र वन विकासमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै नगद रु.१० हजारसहित सम्मान पत्र र दोसल्लाले पत्रकार विकास बन्जाडेलाई सम्मान गरिएको छ ।
यस्तै सामुदायिक वन उपभोक्ता समूहका तर्फबाट वन व्यवस्थापनमा उल्लेख्य योगदान पु¥याएको भन्दै नवप्रभात सामुदायिक वन उपभोक्ता समूह , खुतखुते, र प्रतिभा सामुदायिक बन उपभोक्ता समूहलाई नगद रु. ७ हजार ५ सयसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । कार्यक्रम सहायक वन अधिकृत खिलबहादुर तामाङको सञ्चालनमा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय कर्मचारीहरु, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु र जिल्ला क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।