एसईई परीक्षामा रुपन्देहीका ५ विद्यार्थीले ल्याए ‘जीपीए ४’

मेचीकाली संवाददाता

१२ श्रावण २०७९, बिहीबार
440 shares

बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रुपन्देहीबाट ५ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार सामुदायिक विद्यालयबाट एक जना र संस्थागत विद्यालयबाट चार जना विद्यार्थीले जीपीए ४ ल्याएका हुन् ।

सामुदायिक विद्यालयतर्फ कालिका मानवज्ञान माविका विवेक न्यौपानले जीपीए ४ ल्याएका छन् । भने, संस्थागततर्फ न्यू होराइजनका स्प्रीया ढकाल र बिमर्श ज्ञवालीले जीपीए ४ ल्याएका छन् । त्यस्तै, अक्सफोर्ड माविका बिलक्षण भुसाल र दिपेश भुसालले पनि जीपीए ४ ल्याएका छन् ।
रुपन्देहीबाट ३३५ विद्यालयका १७ हजार ६९३ विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

जसमा जीपीए ४ ल्याउने विद्यार्थीको संख्या ५ रहेको छ । जीपीए ३.६ देखि ४ भन्दा कम ल्याउने विद्यार्थीको संख्या ३५० रहेको छ । जीपीए ३.२ देखि ३.६ भन्दा कम ल्याउने विद्यार्थीको संख्या १ हजार ४९६ रहेको छ । जीपीए २.८ देखि ३.२ भन्दा कम ल्याउने विद्याथीको संख्या ३ हजार ४८ रहेको छ । जीपीए २.४ देखि २.८ भन्दा कम प्राप्त गर्ने बिद्यार्थीको संख्या ३ हजार ६१० रहेको छ भने, जीपीए २ देखि २.४ भन्दा कम ल्याउने विद्यार्थीको संख्या ३ हजार ५५४ रहेको छ ।

यस्तै, जीपीए १.६ देखि २ भन्दा कम ल्याउने विद्यार्थीको संख्या ३ हजार ४३७ जना रहेको छ । जीपीए १.२ देखि १.६ भन्दा ल्याउने विद्यार्थीको संख्या १ हजार ६७५ जना रहेको छ भने, जीपीए ०.८ भन्दा माथी १.२ भन्दा कम ल्याउने विद्यार्थीको संख्या ८७ रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा २०७८ को नतिजा बुधबार सार्वजनिक गरेको थियो ।