ट्राफिक सचेतना तालीम देववाणीमा

मेचीकाली संवाददाता

१३ श्रावण २०७९, शुक्रबार
367 shares


नेत्र गैरे
देववाणी संस्कृत तथा साधारण माध्यमिक बिद्यालय तानसेनमा संचालित नेपाल स्काउट देववाणी स्काउट ट्रुपका बिद्यार्थीहरुलाई ट्राफिक सचेतना कक्षा दिईएकोछ ।


जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रहरी नायव निरिक्षक दामोदर मल्ल र प्रहरी हवल्दार प्रेम कार्कीको सहजिकरणमा ६० जना स्काउटहरुलाई तालिम दिईएको थियो । तालिमको सहजीकरण गर्दै प्रहरी नायव निरिक्षक मल्लले ट्राफिक इतिहास, सवारी दुर्घटनाका कारण, दुर्घटनाको मानविय कारण, वातावरणीय प्राकृतिक कारण, सवारी चालकले ध्यान दिनुपर्ने कुराहरु, ट्राफिक संकेत, बिद्यार्थी साथै सर्वसाधारणले जेब्रा क्रसिङगर्दा अपनाउनपर्ने सावधानी लगायतका बिषयमा सिकाइएको थियो ।


देववाणी बिद्यालयमा संचालित स्काउट ट्रुपको दोश्रो तह बेडेन पावेल स्काउट हिम शिखर ब्याजको पाठयक्रम अनुसार उक्त तालिम संचालन गरिएको प्रधानाध्यापक कृष्ण बहादुर थापाले बताउनु भयो । हाल बिधालयमा अंशुबर्मा अर्यालको नेतृत्वमा ब्वायज स्काउट ट्रुप र रबिना गैरेको नेतृत्वमा गर्लस स्काउट ट्रुप संचालनमा रहेको बिद्यालयले जनाएको छ ।