कृष्णनगर भन्सार कार्यालयद्वारा ट्रकसहित खसीबोका नियन्त्रण

मेचीकाली संवाददाता

१३ श्रावण २०७९, शुक्रबार
449 shares

सुनिल आचार्य
कपिलवस्तु । सरकारले बिभिन्न मालवस्तुको पैठारी प्रवन्ध तथा कडाई गरेसंगै सिमाक्षेत्रमा बढ्दो चोरी तस्करी नियन्तरणमा कृष्णनगर भन्सार कार्यालय सक्रिय रुपमा लागेको छ । सोही क्रममा साउन १२ गते राती ३ बजेको समयमा सिमाक्षेत्रबाट कपिलवस्तुको चन्द्रौटा तर्फ लैजाँदै गरेका ४ सय ४५ वटा खशीबोका सहितको ट्रक भन्सार कार्यालयको गस्ति टोलिले नियन्त्रणमा लिएको छ ।

ट्रकलाई नियन्तरणमा लिई थप अनुसन्धान भैरहेको छ । भने पक्राउ भएका खशीबोकाको लिलामी प्रक्रिया शुरु भएको कार्यालयका निमित्त कार्यालय प्रमुख ठाकुर गौतमले जानकारी दिनु भयो । साथै गत हस्ता कार्यालयले ७० खशीबोका र ८१ वटा राँगापाडाहरु पक्राउ गरी लिलाम गरेको कृष्णनगर भन्सार कार्यालयले जानकारी दिएको छ ।