अक्सफोर्डमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

मेचीकाली संवाददाता

१५ श्रावण २०७९, आईतवार
642 shares

बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले एसईई परीक्षा २०७८ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ ।

अक्सफोर्डबाट विलक्षण भुसाल र दिपेश भुसालले ४ जीपीए तथा प्रशन्न पन्थी, रिश्मा शर्मा र विजय खनालले ३.९५ जिपीए सहित १११ विद्यार्थी उत्तीर्ण भएका छन । एसईईमा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गर्दै राष्ट्रिय परिक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षाका लागि अंकका आधारमा भन्दापनि रुची र दक्षताका आधारमा विषय छनोट गर्न सुझाव दिए ।

अरुको लहलहैमा र अभिभावकको दवावमा विद्यार्थीले विषय छनोट गर्नु भन्दा पनि आफुले सक्ने र पढ्नलाई रुची भएका विषय छान्न सुझाव दिदै प्रमुख तिवारीले अभिभावकले आफ्ना बालबालिकालाई यो त्यो विषय अध्ययन गर्न भनि दवाव नदिन आग्रह गरे । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, अक्सफोर्ड कलेज प्रमुख मनोज मरासिनी, अध्यक्ष अजित खनाल, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल, अभिभावक दुर्गा भुषाल, विद्यार्थी विलक्षण भुषाल लगायतले उच्च शिक्षाका लागि विद्यार्थीले आफ्नो रुची र क्षमताका आधारमा विषय छनोट गर्नु पर्नेमा जोड दिए ।

विद्यालयका शिक्षक चिरञ्जीवी सापकोटाको संचालनमा भएको कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल बनाउने मावि तहका शिक्षक÷कर्मचारीलाई सम्मान गरिएको थियो ।