अवैध कपडा सहितको ट्रक कृष्णनगर भन्सार कार्यालयको नियन्त्रणमा

मेचीकाली संवाददाता

१५ श्रावण २०७९, आईतवार
412 shares

सुनिल आचार्य
कपिलवस्तु । कृष्णनगर भन्सार कार्यालयले अवैध कपडा सहितको ट्रक नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो बुद्धभूमि नगरपालिका गोरुसिंगे बजारबाट चन्द्रौटातर्फ जाँदै गरेको लु १ ख ७७७० नम्बरको ट्रकमा कृष्णनगर भन्सार कार्यालयको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा भन्सार नगराएका २९ पोका कपडाहरु फेलापारी ट्रक तथा चालकलाई नियन्तरणमा लिईएको छ ।

नियन्त्रण गरिएका कपडाको मूल्य करिव रु. २४ लाख रहेको भन्सार कार्यालयले जानकारी दिएको छ । नियन्तरणमा लिएका कपडाहरु कस्को हो भन्ने बिषयमा पत्ता नलागेको र उक्त गाडीका चालकलाई नियन्तरणमा लिई अनुसन्धान भैरहेको कार्यालयका निमित्त प्रमुख ठाकुर गौतमले जानकारी दिए ।

यस्तै गत हप्ता भन्सार कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त गस्ति टोलिले ८१ राँगापाडा र २ सय १५ वटा खसीबोका नियन्तरणमा लिई लिलाम बिक्रि गरि सकिएको कृष्णनगर भन्सार कार्यालयका निमित्त प्रमुख गौतमले जानकारी दिए । पछिल्लो समयमा भन्सार कार्यालयले चोरी निकासी पैठारीलाई नियन्तरण गर्न सक्रिय हुँदै आएको छ ।