एसईईमा होराइजन आवासीय माविको नतिजा उत्कृष्ट

मेचीकाली संवाददाता

१५ श्रावण २०७९, आईतवार
278 shares

पार्वती आचार्य
कपिलवस्तु । होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालयले एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । एसईई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको बाणगंगा सिद्धिपुर स्थित होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालयबाट उत्तिर्ण सम्पुर्ण विद्यार्थीहरुलाइ सम्मान गरिएको हो । उक्त विद्यालयमा अध्यनरत विद्यार्थी करुण घिमिरे ४ जिपिए ल्याउदै नेपाल प्रथम र अतिथि खत्री जिल्ला प्रथम हुन सफल भएका छन् ।

विद्यालयमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी धरमेन्द्र मिश्रले होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालयले कपिलवस्तुको सिर उच्च गराउन सफल भएको बताएका छन् । एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी मिश्रले यस्तो बताएका हुन । कपिलवस्तुमा सवारी दुर्घटना र लागुपदार्थ दुव्र्यसनि जस्ता निक्कै गम्भिर चुनौति हुँदा हुँदै पनि शिक्षाको क्षेत्रमा भने जिल्लाले निक्कै ठुलो उपलब्धी हाँसील गरेको बताए ।
समाज र देश परिवर्तनका लागी विद्यार्थीको भुमिका निक्कै महत्वपुर्ण रहेको बताउँदै विद्यार्थीले देशको भविष्य बनाउने जिम्मेबारी विद्यार्थीकै हातमा रहेको प्रजिअ मिश्रले बताए । अहिले आफुलाई पढाएका गुरुहरु र आमा बाबु लाई समेत वास्ता नगर्ने प्रवृत्ति बढेको बताउँदै त्यस्तो नगर्न सम्पुर्ण बिद्यार्थीहरुलाई आग्रह समेत गरे ।

त्यस्तै कार्यक्रमा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले केही वर्ष पहिला कपिलवस्तु जिल्लामा शिक्षाको गुणस्तर निक्कै कमजोर छ भनेर छिमेकी जिल्लाले हेप्ने प्रवृत्ति रहेको बताए । तर, पछिल्लो समयमा कपिलवस्तुले शिक्षाको क्षेत्रमा ठुलो फड्को मार्न थालेपछि छिमेकी जिल्लाले हेर्ने नजर नै फेरीएको उनले बताए ।
कोभीड १९ को समयमा सबैभन्दा धेरै क्षती पुगेको शिक्षा क्षेत्र हुँदाहुँदै पनि कपिलवस्तुका विद्यालयले भने देशभरमै सबैभन्दा ठुलो उपलब्धी हाँसील गर्न सफल भएको मेयर अर्यालको भनाई छ । राजधानिका विभिन्न कलेजहरुले कपिलवस्तुका विद्यार्थीले ल्याएको प्राप्ताङ्कलाई गिज्याउने काम गर्थे तर अहिले त्यो प्रवृत्ति लाई कपिलवस्तुको होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालयले तोडेको छ । हामिले पनि शिक्षाको क्षेत्रमा राम्रो उपलब्धी ल्याउन सक्छौ भन्ने होराइजन स्कुलले देखाउन सफल भएको छ । कपिलवस्तुका विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाको शिक्षण शैली पनि निक्कै उत्कृष्ट ठहरीएको मेयर अर्यालले बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सीपल बासुदेव घिमिरेले धन्यवाद तथा शुभकामना व्यक्त गर्दै विद्यालय कुरामा हैन नतिजामा बिश्वास गर्छ भन्ने कुरा साबित भएको बताए ।
त्यस्तै कार्यक्रममा देशमै सबैभन्दा बढी नतिजा ल्याएर स्कुल र जिल्ला लाईनै चिनाउन सफल करुण घिमिरेले आफ्नो सफलतामा निरन्तर खटिएर सहयोग गर्ने शिक्षक, अभिभावक र विद्यार्थी सम्पुर्णमा धन्यवाद दिए । यस्तो सफलताको लागी आफुले निरन्तर प्रयाश गर्ने बताउँदै आफ्नो पढाइलाई निरन्तरता दिदै जिल्लालाई देशभर हैन देशलाई नै संसार भर चिनाउन आफ्नो प्रयास निरन्तरता रहने बताए ।
यस्तै नेपाल प्रथम र जिल्ला प्रथम हुने विद्यार्थी लगाएत सबै विद्यार्थीलाई विद्यालयले बाजाघाजा सहित सम्मान गरेर नगर परिक्रमा गराएको छ । जसमा ए प्लस ग्रेडमा १६ जना, ए ग्रेडमा २४ जना, बि प्लस गे्रडमा ४ जना, बि ग्रेडमा १ जना र सि प्लस ग्रेडमा १ जना पास भएका छन् । जिल्लाकै नाम उच्च बनाउन सफल विद्यार्थीहरुलाई शुभकामना तथा बधाईको आईरो लागेको छ ।

कार्यक्रममा होराइजन अंग्रेजी आवासीय माध्यमिक बिद्यालयका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुको अध्यक्षतामा, उपाध्यक्ष लक्षमण अधिकारीको स्वागत रहेको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई प्रमुख थानेश्वर घिमिरे, बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी लगाएतको आतिथ्थता रहेको कार्यक्रमा विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थी, सेयर सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।