ज्येष्ठ नागरिक सम्मान तथा आँखा र डेण्टल शिविर सम्पन्न

मेचीकाली संवाददाता

१५ श्रावण २०७९, आईतवार
419 shares

बुटवल । ज्येष्ठ नागरिक मिलन केन्द्र बुटवल–११ देवीनगरको ओजनामा ज्येष्ठ नागरिक सम्मान भेटघाट तथा आँखा र डेण्टल शिविर कार्यक्रम सम्पन्न भएको छ । खिर खाने दिनको अवसरमा आइतबार ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष रोमबहादुर कुँवरको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बौल्दै नगरप्रमुख पाण्डेले ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नु हामी सबैको दायित्व भएको बताए । ‘हामीले उहाँहरुबाट सिक्दै अगाडि बढ्नुपर्छ । उहाँहरुको भावना बुझेर, पु¥याउन सक्ने रहर र चाहानालाई पूरा गरी सरसफाइ र औषधी सेवन जस्ता कुरालाई विशेष ख्याल गर्नुपर्छ ।’ उनले भने । ज्येष्ठ नागरिकको हितका लागि सधैँ सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै आफू निर्वाचित भएर आएपछि विकास निर्माणका कामले गति लिएको उनले बताए ।

त्यस्तै, कार्यक्रममा बरिष्ठ सल्लाहाकार चित्रबहादुर बर्मा, बुटवल ११ का जनप्रतिनीधी तथा कार्यपालिका सदस्य हेमा थामी मगर, कार्यक्रम संयोजक अर्जुन कुँवर, कुल बहादुर केसी, माया लक्ष्मी खत्री, कृष्ण बस्नेत, गंगा बहादुर थापा, बोमबहादुर थापा, देवबहादुर थापा, भगवती पन्थी, हरिसचन्द्र गौतम, साजन भारीलगायतले आ–आफ्नो भनाइ राखेका थिए भने, ८४ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई नगरप्रमुख पाण्डेलगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा देविनगरस्थित परेली आइ केयर र डीएण्डडी डेण्टलको टोलीले निःशुल्क ज्येष्ठ नागरिकहरुको आँखा र दाँत परीक्षण गरी आवश्यक सल्लाह दिएका थिए । उपाध्यक्ष दण्डपाणि पौडेलको स्वागत तथा सचिव रामचन्द्र तिवारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।