रोट्रयाक्ट क्लब अफ मणिग्रामको अध्यक्षमा पौडेल

मेचीकाली संवाददाता

१६ श्रावण २०७९, सोमबार
321 shares

बुटवल, साउन १६ । रोट्रयाक्ट क्लब अफ मणिग्रामको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष ०२१/०२२ का अध्यक्ष निराजन अर्यालले वर्ष ०२२/०२३ का अध्यक्ष आयुष पौडेललाई पद हस्तान्तरण गरेका छन् । वर्ष ०२२/०२३ का अध्यक्ष पौडेललाई रोट्याक्र्ट डिष्ट्रिकका एडिआरआ रेशम खड्काले सपथ ग्रहण गराएका थिए । भने सस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्यालले कलर चाटर सर्टिफिकेट हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले समाज रुपान्तरणको अभियानमा युवाहरु लाग्नुपर्नेमा जोड दिए । उनले समृद्ध नेपालको निर्माण युवाहरुबाट मात्र सम्भव भएको भन्दै देशभित्रै युवाहरुलाई रोजगार बनाउन सरकारले विभिन्न योजनाहरु ल्याउनुपर्ने बताए । धेरै युवाहरुको गन्तव्य अहिले विदेशी मुलुक रहेको भन्दै अध्यायनका लागि गएका युवाहरुले विदेशमा सिकेको सिपलाई नेपालमा आएर व्यवहारमा लागु गर्न उनले सुझाव दिए ।

त्यस्तै रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ का एडीआरआर रेशम खड्काले सामाजिक उत्तरदायित्वलाई नभुली सामाजिक कार्यमा लाग्न सवैलाई आग्रह गरे । कार्यक्रममा असिस्टेन्ट गभर्नर राजुदेवि खनाल, रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष दुर्गाप्रसाद अर्याल, क्लब का सस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्याल, रोटरी डिष्ट्रिक्ट ३२९२ को रोटरी इकोनोमिक डेभलपमेन्ट चियर एबः क्लब एडभाइजर लक्ष्मण ज्ञवाली लगायतले निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।

सो अवसरमा बर्ष ०२१/०२२ मा अनुसाशन अवार्डबाट रबिना नेपाली र ।मञ्जु भुसाल, नियमित सहभागी अवार्ड बाट प्रतीक पौडेल, उदाउँदो रोटर्याक्टर अवार्डबाट बबिता भुसाल, बिन्दु भट्टराई र अस्मिता कुँवरलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट रोट्रयाक्टर अवार्ड बाट गणेश पन्थ लाई पनि सम्मान गरिएको थियो । त्यसैगरी राष्ट्रिय गायिका सुशीला गौतम र सर्प उद्धारकर्ता प्रवीण पाण्डेलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यकम वर्ष ०२१/०२२ का सचिव गणेश भुसाल र वर्ष ०२/०२३ का सचिव विनोद बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।