कपिलवस्तुमा नदीले बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान् बेपत्ता

मेचीकाली संवाददाता

१७ श्रावण २०७९, मंगलवार
412 shares
सांकेतिक तस्बिर

बुटवल । कपिलवस्तुको कोइली नदीमा आएको बाढीले एक दम्पती बगाएको छ । बाणगंगा नगरपालिकाका दिलकुमार सुनार र उनकी पत्नी राममाया सुनारलाई वडा नम्बर ९ मा नदी तर्ने क्रममा मंगलबार बिहान नदीले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डिएसपी जेसी शाहका अनुसार ३३ वर्षीया राममायाको शव एक किलोमिटर टाढा फेला परेको छ भने, ३६ वर्षका दिलकुमार बेपत्ता छन् । उनीहरुसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले सकुशल उद्धार गरो छन् । उनीहरु बाणगंगा ७ निवासी रहेको जनाइएको छ ।

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । कोइली नदीले हरेक वर्ष समस्या निम्ताउदै आएको छ । दुई बर्ष अगाडि यही नदीले बगाउँदा तीन जनाको ज्यान गएको थियो । भने, तीन जना हाम फालेर बाँच्न सफल भएका थिए । यस क्षेत्रमा विगत तीन दिनदेखि निरन्तर वर्षाका कारण नदीमा बाढी आएको छ ।