गार्गी एकेडेमीमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना

मेचीकाली संवाददाता

१७ श्रावण २०७९, मंगलवार
568 shares

बुटवल, साउन १७ । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले विद्यालयलबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई मंगलबार बधाई तथा शुभकामना प्रदान गरेको छ । शैक्षिक सत्र २०७८ को एसईई परीक्षामा विद्यालयबाट ३३ जना विद्यार्थी सहभागी थिए । स्थापनाको छोटो समयमै यस क्षेत्रमा प्रतिष्ठित एवं उदयीमान शैक्षिक संस्थाको रूपमा विद्यालय स्थापित भइसकेको छ ।

साथै सो अवसरमा एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न विषय अध्यापन गराई उत्कृष्ट नतिजा प्राप्त गराउन सफल विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले छोटा समयमै विद्यालय अब्बल शैक्षिक संस्था रूपमा स्थापित भएको बताए । उनले विद्यालयका आउँदा शैक्षिक यात्रा झनै सुखद हुँदै जाने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाले अरुको दबाबमा उच्च शिक्षा नरोजी आफ्नो क्षमता र रुचिलाई मध्येनगर गरी विषय छनौट गर्न विद्यार्थीलाई आग्रह गरे । विद्यालयका प्राचार्य भुवन अधिकारीको स्वागतमा भएको कार्यक्रममा विद्यालय शिक्षा उपसमिति सदस्य कमल नेपाल, विद्यालय सञ्चालक समिति सदस्य लोकराज शर्मालगायत बोलेका थिए । कार्यक्रमको सञ्चालन नवराज न्यौपानेले गरेका थिए ।