पाल्पा अस्पतालमा चौबिस घण्टे सेवा बिस्तार

मेचीकाली संवाददाता

१७ श्रावण २०७९, मंगलवार
388 shares

सुनिल आचार्य

कपिलवस्तु । जिल्ला अस्पताल पाल्पा तान्सेनले २४ घण्टे सेवाहरु बिस्तार गरेको छ । अस्पतालले आकस्मिक तथा अन्तरङ् सेवाका अतिरिक्त आकास्मिक बिरामीका लागि फार्मेसी , प्रयोगशाला, एक्सरे तथा काउन्टर, अनलाईन बिलिङ् समेतको सेवा अस्पताल विकास समितिको २०७८ असार २७ को निर्णय अनुसार २०७९ साउन १ गते देखी चौविसै घण्टे सेवा सञ्चालनमा आएको अस्पताल मेसु रंजिता महतोले जानकारी दिनुभयो ।

उहाँले सो सेवा बिस्तार गर्न आवश्यक जनशक्ति , भौतिक संरचना र संरचनाको व्यवस्थापन संबन्धित निकायहरुसंग समन्वय गरी छिट्टै नै व्यवस्थित गर्ने र केही जनशक्तिको व्यवस्थापन अस्पताल बिकास समितीको बजेटबाट आवश्यक प्रक्रियाबाट जनशक्ति थप गरी सेवाग्राहीहरुलाई छिटोछरिटो सेवा दिने मे.सु महतोले जानकारी दिनु भयो ।

यसैगरी अशक्त, जेष्ठ नागरिक, गर्भवति, सानो बच्चा साथमा भएका सेवाग्राही तथा फरक क्षमता भएका सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यका साथ छुट्टै रिफर कक्ष स्थापना गरि अस्पतालमा स्वास्थ्य बिमा रिफर कक्ष थप ब्यवस्थित तथा बिस्तार गरिएको पाल्पा अस्पताल बिकास समितीका अध्यक्ष नेत्र प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

यस्तै अस्पताल बिकास समितीको निर्णय अनुसार स्वास्थ्य बिमा कार्यक्रमका कुनै पनि सेवा लिन बिरामी वा सेवाग्राहीहरु स्वयंम उपस्थित भई स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित गराउन अस्पताल प्रशाससनलाई सहयोग गर्न आग्रह गरिएको छ ।

क्ल्ऋग् (बिशिष्ट सेवा कक्ष) संचालनमा आउने अन्तिम चरणमा रहेको र उक्त सेवा समेत अबको २ महिना भित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । बिशेषज्ञ सहितको सेटेलाईट क्लिनिक सेवा सम्बन्धित निकायहरुसंग पहलगरी छिट्टै अस्पतालले बिशेषज्ञ सहितको सेवादिने अस्पताल व्यवस्थापन समितीले जनाएको छ ।

औषधी , सर्जिकल सामाग्री , प्रयोगशाला तथा एक्सरे सम्बन्धि सामाग्रीहरुको आपुर्तिमा टेण्डर प्रक्रिया द्वारा व्यवस्थापन गर्ने प्रक्रिया अगाडी बढाईएको छ । साथै सेवाग्राही सन्तुष्टि र व्यवस्थापनमा उल्लेख्य सुधार हुँदै आएको अस्पताल प्रशासन ÷ जिन्सी शाखा प्रमुख बेद प्रसाद लुईटेलले बताउनु भयो । अस्पतालमा भिड तथा लाईन ब्यवस्थापन गर्न केही समय बन्द रहेको टोकन मेसिन पुनः सञ्चालनमा ल्याईने तथा ब्यवस्थापन गर्नकालागि कर्मचारीलाई थप जिम्मेवारी दिईएको छ ।

यसैगरी सि.एम.इ. कक्षा प्रत्येक बुधवार र सरसफाई कार्यक्रम अस्पताल परिषरमा अस्पतालमा कार्यरत कर्मचारीहरुद्वारा प्रत्येक शुक्रबार नियमित रुपमा संचालन गर्दै आएको अस्पतालले जनाएको छ । ओपीडिमा दैनिक ४ सय ५ सय सम्म सेवाग्राहीहरुलाई अस्पतालले सेवा दिंदै आएकोले सेवा ग्राहीहरुलाई छिटोछरिटो सेवा प्रदान गर्न जनशक्ति व्यवस्थापन लगाएत आवश्यक भौतिक संरचना व्यवस्थापनका लागि सम्बन्धित निकायहरुमा पहल गरिएको छ ।

२४ सै घण्टा आकस्मिक बिरामीकालागि आकास्मिक सेवा , एम्बुलेन्स सेवा , अन्तरङ् सेवा , प्रयोगशाला , फार्मेशी नाम दर्ता र एक्सरे तथा ओपिडि , आँखा सम्बन्धि चेकजाँच , दन्त सेवा , दन्त चिकित्सकद्वारा दात भर्ने , किरालागेको दाँत निकाल्ने , सफा गर्ने लगाएत दातको जरैदेखि उपचार ( आरसिटी) हुँदै आएको छ ।

यस्तै ओसिएमसी सेवा , आमा सुरक्षा कार्यक्रम अन्तरगर्तका सेवाहरु , सुरक्षित गर्भपतन सेवा , परिवारनियोजन , नियमित गर्भवती चेकजाँच , नियमित खोप तथा कोभिड १९ बिरुद्धको खोप , एन्टीरेबिज , कोभिड १९ पिसिआर प्रयोगशाला , मेडिकोलिगल जस्तै पोष्टमार्टम , जबरजस्ती करणी परिक्षण , घाउँजाच , शारिरीक परिक्षण सेवा दिईएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

साथै अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम लगाएत स्वास्थ्य ईकाई द्वारा अस्पताले सेवा दिदै आएको छ । अस्पतालबाट गुणस्तरिय सेवा दिनका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको अस्पताल बिकास समितीले जानकारी दिएको छ ।