संघीय निर्वाचन मंसिर ४ मा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

मेचीकाली संवाददाता

१९ श्रावण २०७९, बिहीबार
393 shares

बुटवल । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

निर्वाचनका लागि १२० दिनको समय चाहिनेमा १०८ दिन बाँकी छ । चुनावको मिति घोषणा लगत्तै प्रतिनिधि सभाको कार्यकाल सकिने एकथरी संविधानविद्हरूले तर्क गरिरहेका छन् । गठबन्धनले भने उम्मेदवारी मनोनयनको दिनबाट संसदको कार्यकाल अन्त्य हुने दाबी गर्दै आएको छ ।

२०७४ सालमा मंसिर १० र मंसिर २१ गते गरी दुई चरणमा चुनाव भएको थियो । चालु प्रतिनिधि सभाको कार्यकाल आगामी फागुन २१ गते सकिँदैछ ।