स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देही गठन

मेचीकाली संवाददाता

२२ श्रावण २०७९, आईतवार
280 shares

बुटवल । स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देही गठन भएको छ । साविकको कारिकोट चण्डी भञ्ज्याङ गाविसबाट बसाइसरी रुपन्देहीका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएकाहरुमा एकता र मेलमिलाप गर्ने उद्धेश्यले सम्पर्क समाज गठन भएको हो ।
शनिबार रुपन्देहीको शंकरनगर स्थित नेवा पुचको भवनमा उपस्थित भएको भेलाले शालिक राम पाण्डेयको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ ।

भेलाले सह संयोजक योजन बहादुर पाण्डे (क्षेत्री) सचिव इन्द्र प्रसाद पाण्डे, कोषाध्यक्ष यदुनाथ पाण्डेय र सह सचिव अम्मर बहादुर गेलाङ्लाइ चयन गरेको छ । त्यस्तै भेलाले फत्त बहादुर गाहा, जग बहादुर रेश्मी, चुम बहादुर लामिछाने, शेषकान्त कोइराला, हुमलाल सुवेदी, पिताम्वर शर्मा, यशपाल चौतारे, ध्रुव पाण्डेय, द्धार नाथ पाण्डेय, देव बहादुर दर्जी, टेक बहादुर झेंडी र केशवराज कोइराला, राधा पाण्डे खरेल, भवानी कुमारी थापा र कुशानन्द न्यौपानेलाइ सदस्यमा चयन गरेको संयोजक शालिक राम पाण्डेयले जानकारी दिए ।

भेलाले बालकृष्ण पाण्डेय, शोष कान्त पाण्डेय, रुद्र प्रसाद श्रेष्ठ, नैन सिंह राना र भुपाल सिंह झेंडीलाइ सल्लाहकार र दिनेश कुमार श्रेष्ठ ९थैव० लाइ प्रेस संयोजक चयन गरेको पाण्डेयले जानकारी दिए ।