जन्मदिनमा विद्यालयलाई खाद्यान्न सहयोग

मेचीकाली संवाददाता

२२ श्रावण २०७९, आईतवार
374 shares

बुटवल । रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीले रुपन्देहीको मैनाबगरमा अवस्थित मैनाबगर आधारभुत विद्यालयमा खाद्यान्न सामाग्री हस्तान्तरण सँगै जन्मदिन मनाएको छ । क्लवकी निर्देशक भगवति पाण्डे ( सैजु ) को जन्मदिनको अवसर पारेर विभिन्न सामाग्री हस्तान्तरण सँगै जन्मदिन पनि मनाएको हो ।

बुटवल उपमहानगरपालीका उपमेयरकी प्रत्याशी समेत रहेकी भगवती पाण्डेले सामाजीक उत्तरदायीत्व अन्र्तगत रहेर विद्यालयमा आफुहरुले खाद्यन्न समाग्री हस्तान्तरण गरेको बताइन । उनले यस अघि जन्मदिनको अवसरमा विभिन्न अनाथ आश्रम, मानवसेवा आश्रम लगायतका स्थानमा जन्मदिन मनाउने गरेकोमा यस पटक विद्यार्थी बाबु नानीहरुसँगै रहेर जन्मदिन मनाउनको लागी विद्यालयमा आएको बताईन । पाण्डे रोटरी क्ल्व अफ सेन्ट्रल रुपन्देहीकी रोटरी नेपाल साक्षरता अभियान निर्देशक पनि हुन ।

कार्यक्रममा बोल्दै विद्यालयकी प्राधानाध्यापक कमला ज्ञवालीले बुटवल उपमहानगरपालीकाको नजिकै भएर पनि विद्यालय बत्ति मुनिको अध्यारो जस्तै भएको बताईन । उनले विद्यालयमा बिशेषत मैनाबगर आसपासका मजदुरहरुका छोराछोरी अध्यनन गर्न आउने बताउदै विद्यालयमा प्राप्त स्रोत र साधनले विद्यार्थीको हेरचाह तथा अध्यननमा कठिनाई भएको बताइन । उनले भनिन “ यस विद्यालयमा मैनाबगर आसपासमा बसोबास गर्ने मजदुरका छोराछोरीहरु पढ्न आउछन ।

बाबु आमा बिहानै काममा जाने भएकोले कतिपयका छोराछोरीको विहान विद्यालय आउदा खाना नखाई आउछन । खाली पेटमा आएका विद्यार्थीहरुले राम्रो सँग पढ्न पनि सक्दैन्न । विद्यालय आएको केही बेरमा नै भोकले गल्ने गर्छन । सरकारले उपलब्ध गराएको दिवा खाजा कार्यक्रमले विद्यार्थीहरुलाई पर्याप्त नहुदाँ सिकाईं प्रभावित हुने गरेको छ । ” विद्यालयमा यसै शैक्षिक सत्रमा ९७ जना विद्यार्थी भर्ना भएकोमा ८५ जना भन्दा बढी विद्यार्थीहरु नियमित बिद्यालय आउने गरेको उनले बताईन ।

कार्यक्रममा बोल्दै रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीका सस्थापक अध्यक्ष सुरज खरेलले बुटवलमा भएर पनि विद्यार्थीहरुले भोको पेटमा सिकाई गर्नु पर्ने बिडम्बना भएको उल्लेख गर्दै विद्यार्थीहरुले भोको पेटमा पढ्नु पर्ने बाध्यताको अन्त्य गर्ने जिम्मा आफुहरुले लिने बताए । उनले भने आजकै दिन देखी हामीले गर्ने सबै कार्यक्रमहरु यसै विद्यालयमा केन्द्रित रहेर संचालन गर्ने छौ ।

क्लवका अध्यक्ष पप्पु कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले विद्यालयलाई यस बर्ष रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीले अभिभावकत्व लिने बताउदै अबका दिनमा कुनै पनि विद्यार्थी बाबु नानीले भोको पेट लिएर पढ्न नपर्ने बताए । उनले यस बर्ष आफ्नो कार्यकालमा आफुले गर्ने सामाजीक उत्तरदायीत्वका कार्यक्रम अन्र्तग शैक्षिक गतिविधी तथा कृयाकलापहरुका लागी यही विद्यालय छनौट गरी कार्यक्रम संचालन गर्ने घोषणा समेत गरेका छन् । क्लवका कोषाध्यक्ष किसन कडेलको स्वागतमा भएको कार्यक्रमको संचालन सचिब बिकास गौतमले गरेका थिए ।