निजामति कर्मचारी संगठन लुम्बिनी प्रदेशको प्रथम विस्तारीत बैठक सम्पन्न

मेचीकाली संवाददाता

२३ श्रावण २०७९, सोमबार
626 shares

बुटवल । नेपाल निजामति कर्मचारी संगठन लुम्बिनी प्रदेश समितिको प्रथम विस्तारीत बैठक सम्पन्न भएको छ ।
शनिबार बुटवलमा सम्पन्न भएको बैठकमा प्रदेश समिति अध्यक्ष खगराज उपाध्ययको अध्यक्षता, निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासीनीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै केन्द्रीय सदस्यहरु काशिराम आचार्य, गोर्कण ओली, लक्ष्मी खनाल, कमला पौडेल, पुर्व केन्द्रीय सदस्य तथा नेकपा (एमाले) जिल्ला कमिटि सदस्य मेघदेव पन्त, केन्द्रीय पार्षद सदस्यहरु, केन्द्रीय प्रतिनिधी, प्रदेश प्रतिनिधी, १२ वटै जिल्लाका जिल्ला अध्यक्षहरु, सिबिए रुपन्देहीका अध्यक्ष हरिप्रसाद खनाल लगायत पेशागत महासंघ रुपन्देहीका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

बैठक बिभिन्न महत्वपुर्ण निर्णयहरु गरी सम्पन्न भएको हो । जसमा लुम्बिनी प्रदेश सरकारले विगतमा दिदै आएको १० दिन पर्यटन बिदा र एक महिना बराबरको तलब भत्तालाई बटौती गरेर एकमुष्ट २५ हजार रुपैयाँ दिने निर्णय गरेकोले उक्त निर्णयको बिरोध गर्ने, प्रदेश प्रििशक्षण प्रतिष्ठान खारेज गरेकोमा त्यसलाई बिरोध गर्दै पुनःस्थापना गर्न माग गरेको छ । त्यस्तै कानुन अनुसार सरुवा व्यवस्थापन गर्न प्रदेश सरकारलाई दबाव दिने, संगठनलाई चुस्त दुस्त र व्यवस्थित गरी थप मर्यादित बनाउन सांगठानीक गतिबिधी गर्ने लगायतका निर्णय बैठकले गरेको निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य खक्ष्मी खनाल, काशिराम आचार्य, मेघदेब पन्त, दधिराम मरासीनी लगायतले बोल्दै कर्मचारीहरुका हकहित, निजामति ऐन, सरुवा बडुवा, करारका कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताए । कार्यसमिति उपाध्यक्ष नविन पाण्डेको स्वागत तथा महासचिव नेत्रप्रसाद आचार्यले गरेका थिए ।