एक्सपर्ट एजुकेशनद्धारा १० जना विद्यार्थीलाई छात्रवृत्ति

मेचीकाली संवाददाता

२३ श्रावण २०७९, सोमबार
244 shares

बुटवल । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस बुटवल, भैरहवा र सुनवल शाखाले रुपन्देहीको देवदहमा रहेको सरस्वती आधारभुत विद्यालयका १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेको छ । सर्भिसेजको १९ औं बार्षिक उत्सवको अवसरमा विद्यालयका १० जना विद्यार्थीहरुलाई बर्षिक लाग्ने सम्पुर्ण खर्च सहित छात्रबृत्ति प्रदान गरिएको एक्सपर्ट फाउण्डेसन नेपालका अध्यक्ष रोशन कंडेलले बताए । सो अवसरमा बोल्दै उहांले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस स्थापना दिवसको अवसरमा गरिव, असहाय, विपन्न समुदायका प्रि नर्सरी देखि ८ कक्षा सम्मका बालबालिकालाई छात्रबृत्ति प्रदान गरिएको बताए ।

छात्रबृत्ति पाउने विद्यार्थीहरुमा बर्षा थापा, बर्षा राना, एन्जील लिम्बु, सोलुम श्रीस, ताल कुमारी थापा, अनिसा थापा, आयुष क्षेत्री, पुजा भुजेल, दिप्सन थापा र नम्सा राना रहेका छन् । छात्रबृत्ति वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य ओम बहादुर सारुले अति गरिव र विपन्न परिबारका बालबालिकालाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले छात्रबृत्ति दिएकोमा धन्यवाद ज्ञापन गरे । देवदह नगरपालिका वडा नं. ६ केउली स्थित उक्त विद्यालयमा ९० जना विद्यार्थी रहेका छन् । अहिले पनि धेरै विद्यार्थीहरु आर्थिक अभावका कारण विद्यालयमा आउन नसकेको भन्दै यस्तै सामाजिक कार्य गर्ने संस्थाको सहयोगले घरमै रहेका विद्यार्थीहरुलाई विद्यालय सम्म ल्याउन मद्दत मिलेको बताए ।

अवसरमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले सगरमाथा टेलिभिजनकी बुटवल संवाददाता मिना ढकाललाई नगद सहित सम्मान गरेको थियो । नेपालका प्रमुख १६ शहरहरु समेत विश्वका १३ देशका ४५ भन्दा बढी शहरहरुमा शाखाहरु संचालनमा रहेको एक्सपर्टले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारीक र विश्वसनिय परामर्श प्रदान गर्दै आएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अष्ट्रेलियामा रहेका ७ विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेर अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको संस्था हो ।