मेगा बैंकद्धारा विद्यालयलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग

मेचीकाली संवाददाता

२४ श्रावण २०७९, मंगलवार
299 shares

बुटवल । मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले रुपन्देही सियारी–५, दुर्गापुरस्थित विरेन्द्र माविलाई खाद्यान्न, शैक्षिक तथा अन्य सामग्री सहयोग गरेको छ ।
मेगा बैंकका लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो आम्दानीमध्येबाट थोरै रकम भएपनी सामाजिक सेवामा लगाउने सोचका साथ स–सानो रकम स्वेच्छिक रुपमा संकलन गरी उक्त रकमबाट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दृष्टिविहीन स्रोत कक्षामा अध्ययन गर्ने बालबालिकालाई खाद्यान्न, शैक्षिक तथा अन्य सामग्री सहयोग गरेको हो ।

बालबालिकाको पठनपाठनमा केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्नका विभिन्न सामग्री, पङ्खा, मिक्चर मेसिन, प्रेशर कुकर तथा अन्य शैक्षिक सामग्री सहयोग गरिएको भैरहवा शाखाका प्रबन्धक मिलनकुमार पुनले जानकारी दिए । मेगा बैंक लुम्बिनी प्रदेश प्रमुख बिश्व पौड्यालको अध्यक्षता , विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रकान्त शर्माको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मिलनकुमार पुन, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद चौधरी, स्रोत शिक्षक लोकनाथ सापकोटालगायतले भनाइ राखेका थिए ।

सो कार्यक्रममा मेगा बैंकका विभिन्न शाखाका प्रमुख, प्रदेश कार्यलय र शाखा कार्यलयका कर्मचारीहरु, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्तिथि रहेको थियो । यसअघि बैंकले लुम्बिनी प्रदेश स्थित नेपालगञ्जको मानवसेवा आश्रम, दाङ्गको घोराहीमा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र र पाल्पाको अभियान नेपाल सस्थालाई समेत विभिन्न सामग्रीहरु वितरण गरी सहयोग गरेको छ ।
साथै अब रुपन्देहीको सैनामैना र नवलपरासीको बर्दघाटमा समेत यस्तै प्रकारका सामाजिक कार्यहरु सम्पन्न गर्ने मेगा बैंक लुम्बिनी प्रदेशका प्रदेश प्रमुख विश्व पौडयालले जानकारी दिए ।