भत्कीएको पक्कीपुलमा स्थानियद्वारा काठेपुल निर्माण

मेचीकाली संवाददाता

२५ श्रावण २०७९, बुधबार
572 shares

सुनिल आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. ३ भक्तौलिस्थित वडा नं. ३ र १० लाई जोड्ने पक्की पुल गत भदौ १० गते आएको बाढीले भत्काए पछि आम नागरिकहरुले आवतजावतमा सास्ती भोग्दै आएका थिए । तत्काल भत्किएको पुलमा सबैको नजर पुग्यो तर मर्मत सम्भारमा कसैको ध्यान पुगेको थिएन् ।

स्थानिय समाजसेवी बुद्धिजिबीहरु वडा , टोल बिकास , नगरपालिका र प्रदेश मन्त्रालय सम्म ढोका ढकढकाउन पुग्दा समेत सुनुवाई नभएपछि अहिले करिव १ बर्ष पुग्न थाल्दा स्थानिहरुले काठेपुल निर्माण गरेका छन् । उक्त काठको पुल निर्माणमा समाजसेवी कृष्ण बहादुर कुवरले ७९ हजार ९ सय ५६ रुपैंया सहयोग गर्नुभएको छ भने ४५ जना स्थानियहरुले श्रमदान दिएको भक्तौलिया समाजले जानकारी दिएको छ ।

पानी पर्दा सो बाटो आवतजावतमा आम नागरिकहरु , बिद्यार्थीहरु , बिरामी लगाएत व्यक्तीहरुले उक्त बाटो हिड्डा जोखिम भोगेका छन् । त्यस स्थानमा एक पटक इन्सेक , मानव अधिकारका टोलिले अनुगमन गर्दिनका लागि त्याहाँका स्थानियहरुले आग्रह गरेपछि ०७९ असार २६ गते इन्सेक प्रतिनिधी , मानव अधिकार समूह बाणगाका अध्यक्ष ईन्दिरा पन्त , समूहका सदस्य दिनानाथ पाण्डेले अनुगमन गर्नु भएको थियो ।

मानव अधिकार समूहका सदस्य दिनानाथ पाण्डे वडा नं. ३ कै बासिन्दा हुनुहुन्छ उहाँको सक्रियतामा पक्कीपुल नबनुञ्जेल सम्मकालागि काठको भए पनि पुल बनाउनु पर्छ भन्ने उद्देश्यका साथ अगाडी बढ्नु भयो । त्यसपछि उहाँले दाता खोज्नु भयो समाजसेवी गंगौलिया निवासी कृष्ण कुवरले काठको पुल निर्माण गर्दा लाग्ने सम्पुर्ण खर्च व्यहोर्ने भएपछि ०७८ भदौ १० गते भत्केको पुलको ०७९ साउन १७ गते सम्पन्न भएको इन्सेक मानव अधिकार समूहका सदस्य पाण्डेले बताउनु भयो ।

यस्तै कार्यपालिकाका पुर्व सदस्य तथा समाजसेवी योगनाथ सुनारले टोल बिकास समितीका सदस्य , राजापानी सामुदायिक बनका सदस्य सहितको समिती गठन गरी नगर , सामुदायिक बन , प्रदेश मन्त्रालयमा डेलिगेसन गएपनि करिव एक बर्ष सम्म पुलकोलागि कुनै बिकल्प नभएको बताउनु भयो । इन्सेक , मानव अधिकार समूहले अनुगमन गरेपश्चात अस्थायी पुल निर्माणकालागि चाहिने सफिदा काठको व्यवस्थापनको लागि सहजीकरण गरेको बताउनु भयो ।

इन्सेक , मानव अधिकार समूहले आर्थिक रुपमा सहयोग नगरे पनि उहाँहरुको अनुगमन नै महत्वपूर्ण भएको बताउँदै धन्यवाद दिनु भयो । काठको पुल निर्माण भएपछि पैदलयात्री , साईकल , मोटरसाईकल र अटोरिक्सालाई आवातजावत गर्न सहज भएको छ ।

अब भने पक्कीपुलको व्यवस्था नहुँदा सम्मका लागि बनाईएको काठकोपुलले बिद्यार्थीहरु , शिक्षक , कर्मचारी र आवत जावत गर्ने सम्पूर्ण नागरिकहरुलाई सहज भएको छ । स्थानिय सरकार , प्रदेश सरकार संघिय सरकारले यो रुपन्देही र कपिलवस्तु जिल्लालाई जोड्ने पुल यसै आर्थिक बर्षमा निर्माण गरिदिएमा यहाँका नागरिकहरुलाई सहज हुने बताउनु भयो ।

यस्तै राजापानी टोलबिकास संस्थाका अध्यक्ष लाल कुमार महत क्षेत्रीले बाढीले पुल भत्काए पछि धेरै ठाउँमा पहल गरे पनि सुनुवाई नभएको बताउनु भयो । वडा कार्यालय र नगरपालिका मात्र होईन सामाजिक बिकास तथा भौतिक पुर्वाधार बिकास मन्त्रालय सम्म पुगेर ०७८ भदौ २० गते उक्त पुल निर्माणका लागि माग सहितको निवेदन दर्ता समेत गरिएको बताउनु भयो ।

इन्सेक मानव अधिकार समूह , राजापानी सामुदायिक बन ,उपभोक्ता समूह र राजापानी टोलबिकास संस्थाको पहलमा र स्थानियहरुको सहयोगमा काठको पुल निर्माण गरिएको राजापानी टोलबिकास संस्थाका अध्यक्ष महत क्षेत्रीले बताउनु भयो । ठुलोपानी पर्दा आवतजावत बन्द हुन्थ्यो अहिले पुल बने पछि पैदलयात्री ,साना साधनहरु साईकल , मोटरसाईकल र अटोरिक्सा र सानो कार चल्न सक्ने भएको बताउनु भयो । रुपन्देही र कपिलवस्तु दुई जिल्लालाई जोड्ने पुल भत्कीएपछि विद्यार्थी , कर्मचारी, सर्वसाधारण र यातायात ब्यबसायीहरुले जोखिम मोलेर यात्रागर्न बाध्य भएका थिए ।

बाणगंगा १० भावपुरकी रुपा बिक वडा नं. ३ गौरी भवानी माबि भक्तौलिकी शिक्षिका हुनु हुनुन्छ । जब पानी पर्छ उहाँ र पारीबाट पढ्न आउने विद्यार्थीहरु बिद्यालय आउन सम्भव थिएन् । भत्किएको पुलपारीबाट हेरेर फर्कनु पथ्र्यो ठुलो पानी पर्दा एक हप्तासम्म आवतजावत बन्द हुँदा आफुले बिद्यार्थीहरुलाई शिक्षा दिन नपाउनु र विद्यार्थीहरु समेत शिक्षा लिनबाट बञ्चित हुन्थ्यो । करिव एक बर्षको समय सम्म एकदमै जोखिम मोलेर हिड्नु परेको थियो ।

अब भने काठको पुल बन्यो निरन्तर आवतजावत भैरहेको शिक्षिका रुपा बिक बताउनु हुन्छ । अब बालबालिकाहरु शिक्षाबाट पनि बञ्चित हुने छैनन् । भत्कीएको पुलमा काठको पुल बनाउन समन्वय गर्नुहुने इन्सेक मानव अधिकार समूह ,टोल बिकास संस्था , राजापानी सामुदायीक बन उपभोक्ता समूह र सहयोग गनुहुने समाजसेवीलाई धन्यवाद दिनु भयो ।

भावपुर, धर्मपुर , बनकट्टी, वेलहीया, भैंसहीया, हरैया, गरगरे, बालापुर , बहादुरपुर लगाएतका गाउँबाट भक्तौली स्थित गौरी भवानी माविमा अध्ययन गर्न आउने विद्यार्थीहरु शिक्षाबाट बञ्चित थिए । भने बिरामीहरुले समयमा उपचार पाउन नसकेको स्थानियहरुको गुनासो रहेको थियो । अहिले काठको भएपनि पुल बनेपछि स्थानिय बासिन्दाहरु मात्र होईन् सो बाटो आवतजावत गर्ने नागरिकहरु समेत खुशी छन् ।

स्थानिय समाजसेवी छोटु थारुले पुल भत्किने बित्तिकै नगरपालिकालाई थाहा भयो तर नगरपालिकाको ईच्छा शक्ति नभएरै यो पुल नबनाईएको बताउनु भयो । वडा तथा नगरपाालिकाले पुल भत्कीएको करिव एब बर्ष पुग्दा समेत वास्ता नगर्नु दुखको बिषय हो उहाँले भन्नु भयो । चाहेत के हुने थिएन र ? नगरपालिकाले चाहेको भए प्रत्येक वडाबाट २÷२ लाख रुपैंया माग गरेर पनि यो कार्य सम्पन्न गर्न सकिन्थ्यो तर नगरले नचाहेर नै आम नागरिकहरुले दुख पाएको दाबी गर्नुभयो । स्थानियले चाहे केही दिनमानै काठको पुल सम्पन्न भयो ।

यस्तै कृष्णदेव पोख्रेलले यो कृषि सडक हो पुल भत्किनी बित्तिकै पुर्व नगर प्रमुख , उप प्रमुख र प्रदेश सांसदहरुलाई अनुगमन गराइयो तर ठोस बिकल्प केही नआएको बताउनु भयो । अस्थायी स्थानियको सहयोगमा भयो अब यसलाई स्थानिय , प्रदेश र संघिय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । अहिले यो अस्थायी काठको पुल बनाउन सहयोग समन्वय गर्नुहुने सम्पूर्णमा धन्यवाद दिनु भयो ।

इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्य , इन्सेक द्वारा गठित मानव अधिकार समूह बाणगंगाका उपाध्यक्ष देवकला सुवेदी कमाल , सचिव मधु पाण्डे र सदस्य दिनानाथ पाण्डेले साउन २५ गते निर्माण सम्पन्न काठको पुलको स्थलगत अनुगमन गर्नु भएको छ ।