वैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको बैठक सम्पन्न

मेचीकाली संवाददाता

३० श्रावण २०७९, सोमबार
360 shares

पार्वती आचार्य

कपिवलस्तु । वैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको कार्य समितीको बैठक साउन २८ गते काठमाडौंमा सम्पन्न भएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष रेनु सेनको अध्यक्षतामा बैठक बसी समितीले महत्वपुर्ण निर्णयहरु गरेको छ ।

बैठकले देशका ७ वटै प्रदेश र जिल्लाहरुमा संगठन बिस्तार गर्ने, बरिष्ठ उपाध्यक्ष पदमा डिल्लीराज रेग्मीलाई मनोनित गर्ने, आर्थिक व्यवस्थापन गर्ने, महासंघको केन्द्रिय कार्यालय कपिलवस्तु र सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने निर्णय गरिएको बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रि महासचिव सचिव प्रसाराम भुसालले बताउनु भयो ।

यसैगरी बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता राष्ट्रि महासंघका भाबि कार्यक्रम तथा एजेण्डाहरु अनुमोदन लगाएतका निर्णयहरु गरिएको राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष सेनले जानकारी दिनु भयो ।

नेपाल सरकारबाट ०७९ असार १६ गते राजपत्रमा प्रकाशित संघिय बन नियमावली ०७९ छाता संगठन बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालले उठाउँदै आएका महत्वपूर्ण बिषयबस्तुहरुलाई संबोधन गरेर आएको छ । उपभोक्ता एवं बन व्यवस्थापनको हितमा ठहर गर्दै संघिय बन नियमावली ०७९ लाई स्वागत गर्दै सिङे बन मन्त्रालयको टोलि एवं नियमावली बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिने सर्बसहमत निर्णय भएको थियो ।

यसैबिच साउन २९ गते वैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रिय अध्यक्ष रेनु सेन लगाएत कार्य समितीका पदाधिकारीहरुले साउन २९ गते संघिय मन्त्रालय का माननीय मन्त्री प्रदीप यादव, संघिय सचिव प्रेम नारायण कडेल, बन विभागका महानिर्देशक राजेन्द्र केसीसँग वैज्ञानिक बन ब्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघका पदाधिकारी सदस्यहरुको टोलिले भेटघाट गरेको छ ।

बन तथा भू संरक्षण वातावरण मन्त्रालयका बन मन्त्री प्रदीप यादवलाई बधाई तथा सम्मान गर्दै २०७९ को संघिय बन् नियमावली बन संवर्धन प्रणालीमा आधारित बन ब्यबस्थापन वैज्ञानीक बन ब्यवस्थापन उपभोक्ताको चाहना र माग अनुसार आएको हुँदा महासंघले पूर्ण रूपमा स्वागत गर्दै बन तथा भूसंरक्षण बाताबरण मन्त्रालयलाई महासंघका पदाधिकारीहरुले हार्दिक आभार तथा धन्यवाद दिएको महासंघका केन्द्रिय सचिव कृष्ण केसीले जानकारी दिनुभयो ।