भदौ ४ देखि रुपन्देही डान्स स्टार सिजन–३ शुरु हुने

मेचीकाली संवाददाता

३० श्रावण २०७९, सोमबार
271 shares

बुटवल। छमछमी कला केन्द्रको आयोजनामा रुपन्देही डान्स स्टार सिजन–३ हुने भएको छ । कोरोना महामारीको कारणले रोकिएको कार्यक्रमको तेस्रो सिजन भदौ ४ गतेदेखि शुरु हुने केन्द्रले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।

बुटवल ८ रुपन्देहीमा रहेको छमछमी डान्स केन्द्रका अध्यक्ष किशोर थापाले भदौ ४ गतेबाट अडिसन शुरु हुने बताउँदै असोज १ गते फाइनल हुने जानकारी दिए। पहिलो अडिसन भदौ ४ गते बुटवलमा हुने छ भने दोश्रो अडिसन भदै ११ गते शनिबार तिलोत्तमा हुने अध्यक्ष थापाले बताए ।
एकल, जोडी र सामूहिक गरी ३ विधामा हुने प्रतियोगितामा विजेतालाई ७० हजार नगद र म्युजिक भिडियोमा अवसर तथा द्वितीयलाई ५० हजार र तृतीयलाई ३० हजार पुरस्कार प्रदान गरिने बताए ।

उमेर समूह नतोकिएको यस कार्यक्रममा बिद्यार्थीहरुलाई सहभागी गराइने बताए । उनले लोपोन्मुख संस्कृती जगेर्ना गर्ने लक्ष्य लिइएको बताए । करिब ३ सय जनालाई अडिसनमा सहभागी बनाउने योजना रहेको कार्यक्रम संयोजक महेश खनालले बताए । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका लुम्बिनी उपाध्यक्ष नारायण थापाले यस्ता प्रतियोगिताले दक्ष कलाकार उत्पादनको लागि काम गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै नृत्यकर्मी संघ रुपन्देहीका पूर्व अध्यक्ष अनु रजकले नृत्यको माध्यमबाट समाज परिवर्तन गर्न सकिने बताउँदै यस्ता कार्यक्रम हुनु आवश्यक रहेको बताए । यस भन्दा अगाडीको पहिलो र दोश्रो सिजनका विजेताले धेरै म्युजिक भिडियोमा अभिनय गर्दै आइरहेको र पछिल्लो समय उनीहरु म्युजिक भिडियोको कोरियोग्राफरमा समेत व्यस्त रहेको छमछमी कला केन्द्रका अध्यक्ष किशोर थापाले बताए । सो प्रतियोगिता सञ्चालन गर्नको लागि ६ लाख ४६ हजार खर्च हुने अनुमान गरिएको छ ।