मृगौला पीडित बिरामीलाई लायन्स क्लबको सहयोग

मेचीकाली संवाददाता

३१ श्रावण २०७९, मंगलवार
290 shares

बुटवल । लायन्स क्लव अफ बुटवल सिद्धार्थले मृगौला रोगबाट पीडित बिरामीलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एम.बि. काष्ठकला एण्ड हस्तकलासँगको सहकार्यमा क्लवले मृगौला रोगबाट पीडित अस्मिता गौतमलाई ५० हजार आर्थिक सहयोग गरेको हो ।

मंगलबार बुटवलमा आयोजित एक कार्यक्रममा क्लवका डिष्ट्रिक ३२५ पीका डिष्ट्रिक गर्भनर नवराज न्यौपानेले बिरामीका आफन्तलाई चेक हस्तान्तरण गरे । त्यसअवसरमा उनले सहयोग रकमबाट बिरामीको उपचारको लागि थोरै भए पनि राहत मिल्ने बताउँदै सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरे । यस्तै एम.बि. काष्ठकला एण्ड हस्तकलाका प्रोपाइटर मोहनविक्रम प्याथाले सामाजिक उत्तरदायित्वको भावनाले बिरामीलाई सहयोग गरिएको बताए ।

क्लबका अध्यक्ष ओमबहादुर थापाको अध्यक्षता तथा सचिव दिनेश सुवेदीको सञ्चालनमा कार्यक्रम भएको हो । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।