कृषि विकास बैंक तौलिहवा शाखाद्वारा विभिन्न सेवा प्रदान

मेचीकाली संवाददाता

३१ श्रावण २०७९, मंगलवार
484 shares

कपिलवस्तु । कृषि विकास बैंक शाखा कार्यालय तौलिहवाले विभिन्न सेवाहरु प्रवाह गर्दै आएको छ । बैंकले सेवाहरुमा विभिन्न उद्देश्य कर्जा प्रवाह जस्तै कृषि कर्जा, उपभोग्य कर्जा, संस्थागत कर्जा, सहुलिएतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ । यस्तै सहुलिएत कर्जाभित्र व्यवसाय कृषि तथा पशुपंक्षि कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशिल कर्जा, उच्च र प्राबिधिक तथा व्यवसायीक शिक्षा कर्जा लगाएतका कर्जा सम्बन्धी सेवा दिँदै आएको कृषि विकास बैंक शाखा तौलिहवाका प्रबन्धक रविन्द्रकुमार पाण्डेले बताए ।

यस्तैगरी नेपाल भर छरिएर रहेका शाखाहरुबाट रकम पठाउने तथा पाउने सरल, सुरक्षित र भर पर्दो माध्ययमबाट एडिबिएल रेमिट सेवा दिँदै आएको छ भने विश्वको जुनसुकै स्थानहरुबाट पठाएको रकम देशभर रहेका शाखाहरुबाट सेवाग्राहीहरुलाई सहज रुपमा एजेन्सी रेमिटद्वारा सेवा दिँदै आएको बताए ।
यस्तै बैंक जमानत सेवा, प्रतितपत्र सेवा, एटिएम सेवा, भिसा डेबिट कार्ड, एडिबिएल स्मार्ट बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, एबिबिएस सेवा, स्वीफ्टट्रान्फर, कनेक्ट आपिएस, एसएमएस अलर्ट, कनेक्ट आइपीएस, सिआस्बा, एडिबिएल डिम्याट खाताबाट सेवा प्रवाह गर्दै लकर सेवासमेत प्रवाह गर्दै आएको शाखा प्रबन्धक पाण्डेले बताए ।

यसैगरी कृषि विकास बैंक शाखा कार्यालय तौलिहवाबाट किसानहरुको लागि किसान एप, किसान क्रेडिट कार्ड र एम्पस मेसिनद्वारा क्यासरहित डिजिटल प्रबिधिबाट समेत सेवा दिँदै आएको छ । यस बैंकले वित्तीय साक्षरताको माध्यमद्वारा आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ प्रविधिको बारेमा जानकारी तथा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्थान छनोट गरी भौतिक सामग्रीहरुसमेत उपलब्ध गराई सेवा दिँदै आएको छ ।
साथै यस शाखाबाट सामाजिक सुरक्षा भत्तासेवाअन्तर्गत ः वृद्ध भत्ता, एकल महिला भत्ता, बालपोषण भत्ता र आपांग भत्ता जस्ता सेवाहरु दिँदै आएको कृषि विकास बैंक शाखा तौलिहवाका व्यवसाय अधिकृत बिरबहादुर जिसीले बताए ।

यस्तै कार्यालयबाट बाआमा बचत खाता, कृषक बचत खाता , समेद्धि बचत खाता, चेतनशील नारी बचत खाता, साधारण बचत खाता, अक्षयकोष खातालगायतका सेवा दिई बैंकसंगको नाता एक घर एक खाता खोली सेवा दिँदै आएको कृषि विकास बैंक शाखा तौलिहवाका व्यवसाय अधिकृत जिसीले बताए ।
बैंकले निक्षेप संकलनको लागि सीमित अवधिको लागि एडिबिएल लखपति करोडपति धमका योजनाअन्तर्गत हजार राखे लाख र लाख राखे करोड पाउने तथा बैंकमा निश्चित अवधिकोलागि रकम राखेमा दुई गुणा, तिन गुणा र पाँच गुणा रकम भुक्तानी हुने व्यवस्था रहेको छ । अन्त्यमा बैंकका विद्युतीय सेवाहरु र लकरसेवामा आकर्षक छुटसमेत रहेको प्रबन्धक पाण्डेले बताए ।