लुम्बिनी फोटोग्राफर संघद्धारा रक्तदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१ भाद्र २०७९, बुधबार
427 shares

बुटवल । लुम्बिनी फोटोग्राफर संघले १८३ औँ बिश्व फोटोग्राफी दिवसको अवसर पारेर सप्ताह ब्यापी कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रम अन्तरगत बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संघका अध्यक्ष मनिष पन्थको अध्यक्षता, नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद चापागाईंको प्रमुख अतिथ्यता, केन्द्रिय सदस्य माधव प्रसाद पन्थ, कमला तिवारी लगायतको आतिथ्यता रहेको थियोे । बुटवल अमरपथस्थित रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा संघका सदस्यहरुको सहभागीता रहेको रहेको थियो ।

अस्पतालहरुमा रगत अभाव भइरहेका बेला रगत नपाएर कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष पन्थले बताए । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उनले रचनात्मक कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रमको संयोजक बेचेन्द्र यादवले गरेका थिए । भने, सञ्चालन संघका महासचिव माधव प्रसाद पन्थले गरेका थिए ।