बुटवल पब्लिक स्कुलमा प्रभातफेरी

मेचीकाली संवाददाता

२ भाद्र २०७९, बिहीबार
272 shares

बुटवल। रुपन्देहीको तिलोत्तमा ३ स्थित बुटवल पब्विल स्कुलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । नेपाली संस्कृतिको जगेर्ना, प्रबद्र्धन गर्दै विद्यार्थीहरुलाई नेपाली चाडपर्वका बारेमा जानाकारी दिने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको विद्यालयका अध्यक्ष हेमलाल शर्मा भुसालले बताए।

विद्यालयबाट निस्केको प्रभातफेरी शान्तीचोक हुंदै स्कुलमा आएर कोणसभामा परिणत भएको थियो । सो अवसरमा विद्यार्थीहरुले कृष्णकिला, कृष्णको जीवन झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । विद्यालयका अध्यक्ष शर्माका अनुसार श्रीकृष्ण जन्माष्टमी सहित अन्य महत्वपुर्ण चाडपर्वहरुका बारेमा जानाकारी दिने र नेपाली चाडपर्वलाई प्रबद्र्धन गर्ने हरेक बर्ष विद्यालयले विभिन्न कार्यक्रम गर्ने गरेको छ । प्रभातफेरी कार्यक्रममा कक्षा तीन देखि ७ कक्षा सम्मका विद्यार्थीहरु सहभागिता भएका थिए भने नर्सरी देखि २ कक्षा सम्मका विद्यार्थीहरुले कृष्णको चरित्र प्रदर्शन गरेका थिए ।

अध्यक्ष शर्माले कितावी ज्ञानले मात्र कृष्णको जीवनी विद्यार्थीहरुले बुझ्न नसक्ने भएकाले अभिनय, उनको क्रियाकलाप विद्यार्थीहरुले स्वयम अभिनय मार्फत गर्दा बढि ज्ञान लिन सक्ने बताए । ०५८ सालमा स्थापना भएको बुटवल पब्लिक स्कुलमा ११ सय ५० विद्यार्थी रहेका छन् ।