लुम्बिनी फोटोग्राफर संघद्धारा बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

मेचीकाली संवाददाता

२ भाद्र २०७९, बिहीबार
841 shares

बुटवल । लुम्बिनी फोटोग्राफर संघले १८३ औँ बिश्व फोटोग्राफी दिवसको अवसर पारेर सप्ताहब्यापी कार्यक्रम अन्तरगत शैक्षिक सामग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विहीबार तिलोत्तमा नगरपालिका १४ स्थित टिकुलीगढ माबीमा अध्यनरत गरिब तथा जेहेन्दार २० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको हो ।

संघका अध्यक्ष मनिष पन्थको अध्यक्षता, जनप्रतिनिधि भुपाल छन्तेलको प्रमुख आतिथ्यता, नेपाल फोटोग्राफर महासंघ संयोजक महेन्द्र उपाध्याय, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दिनेश अर्याल, प्रअ शंकरदत्त उपाध्याय, संघका सदस्यहरु लगायत अभिभाबकहरुको उपस्थिति रहेको थियो । दिवसको अवसरमा संघले बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।