राष्ट्रियता र गौरवमय इतिहासमा तानसेनको भगवतीजात्रा

मेचीकाली संवाददाता

४ भाद्र २०७९, शनिबार
685 shares


तानसेन । नेकपा एमाले तानसेन नगर कमिटिले आज भाद्र ४ गते हुन गइरहेको ऐतिहासिक भगवतीजात्राको अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्णमा हर्सोलासपुर्वक जात्रामा सहभागी हुन आग्रह गरेको छ ।


नगर कमिटि अध्यक्ष गुँरास आत्रेयद्वारा प्रेषित बिज्ञप्तीमा राष्ट्रियता, राष्ट्रिय गौरव र गौरवमय इतिहास जोडिएको हामी पाल्पालीको महानपर्व पाल्पा भगवती जात्राको अवसरमा सम्पूर्ण तानसेनवासीमा शुभकामना ! व्यक्त गर्दछु । भनिएको छ ।


यस्तै बिज्ञप्तीमा हाम्रो धर्म संस्कृती अनुसार विभिन्न जात्रा उत्सवहरु मनाउछौ । विभिन्न जात्रा र संस्कृतीको धनी पाल्पामा एउटा छुट्टै विषेशता र महिमा बोकेको जात्रा हो पाल्पा भगवती जात्रा । विश्व बिजेता बन्ने दौडमा रहेको इष्ट इण्डिया कम्पनी सरकारलाई परास्त गरी विजयश्री हासिल गरेर राष्ट्रियता, वीरता, धीरता रणकौशलको इतिहास यस रथयात्रासँग जोडिएको छ । यो ऐतिहासिक उत्सवमा कर्णेल उजीरसिंह थापा, आशिर्वाद दिने भगवती माता र वातावरण बनाउने पाल्पालीको सम्मानमा गरिने श्री ७ रणउजेश्वरी भगवतीको रथयात्रा, सिन्दुर जात्रा, बिजयउत्सव तथा पाल्पा भगवती जात्रामा भव्यताकासाथ सहभागी हुन नगरवासी सम्पूर्णमा हार्दिक अनुरोध गरेको नगर कमिटि तानसेनले जनाएको छ ।