गुल्मी दौघा–रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम

मेचीकाली संवाददाता

५ भाद्र २०७९, आईतवार
373 shares

बुटवल । गुल्मी दौघा-रुपन्देही सम्पर्क समाजले महिलाहरुको महान चाड हरितालिका तीजको अबसर पारेर शंकरनगर बनबाटिकामा बृहत तीज मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

सम्पर्क समाजका अध्यक्ष भीमलाल ज्ञवालीको अध्यक्षता,संरक्षक समितिका संयोजक जेष्ठ सदस्य मणिराम ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संरक्षक समितिका सदस्य लेखनाथ ज्ञवाली,ज्ञान प्रसाद घिमिरे ,बिजय बिक्रम सोमरे ,लक्ष्मि ज्ञवाली गौतम, बिष्णु ज्ञवाली एवं ऋषिराम ज्ञवाली लगायतले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राखेका थिए । भने कोषाध्यक्ष गोबिन्द ज्ञवाली (क)ले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालन सचीव कमल ज्ञवाली बाट भएको उक्त कार्यक्रममा साबिक दौघा गाबिस हाल छत्रकोट ६ मा जन्म वा कर्म घर भइ रुपन्देहीका विभिन्न स्थानमा स्थायी वा अस्थायी रूपमा बस्दै आइ रहेका दाजुभाइ ,दिदिबहिनीहरु लगायत चेलीबेटीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा निकै छोटो समयमा सस्था दर्ता गर्न सफल भएको र तीजमिलन कार्यक्रमको आयोजना गरि गाउघरमा जस्तै दिदिबहिनी र चेलीबेटीहरु लाइ पुनर्मिलन गराइ दर खुवाउन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सस्थाले सामाजिक उत्तरदायित्व बहन गर्न सकोस र विभिन्न रचनात्मक कार्यहरू गर्न र हाम्रो मौलिक सस्कृतिको जगेर्ना गर्न सकोस भन्दै शुभकामना दिएका थिए ।

त्यसै गरि यो सस्थाको उद्देश्य अनुसार राजनीतिबाट टाढा राखी अगाडि बढ्ने अध्यक्षले प्रतिबद्धता जनाए । त्यसैगरि स्व मनकल झेडी ,स्व ओम बहादुर थापा ,स्व बुद्धिनाथ ज्ञवाली र स्व नीरा रेगामी ज्ञवाली को असामयिक निधन भएकोमा मृतकहरुको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।