पार्टी बलियो बनाउन संगठन बलियो हुनुपर्छ: घिमिरे

मेचीकाली संवाददाता

५ भाद्र २०७९, आईतवार
310 shares

पार्वती आचार्य
कपिलवस्तु। दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं’ ‘जबजको मार्गदर्शनमा समाजबादको निर्माण गरौं’ भन्ने नाराका साथ अखिल नेपाल महिला संघ जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम बाणगंगा नगरपालिका स्थित पिस हिमालयन रिसोर्टमा सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य एवं अनेम संघ केन्द्रिय सचिवालय सदस्य बिमला घिमिरले अनेम संघको ईतिहास र महिला आन्दोलनको उपलब्धिको बारेमा प्रशिक्षण दिंदै पार्टी बलियो बनाउन संगठन बलियो हुनुपर्ने बताउनु भयो । घिमिरेले पार्टीलाई चुस्त रुपमा संचालन गर्नका लागि पार्टीमा अनुशासन जो कोहीले पनि पालना गर्नुपर्नेमा जोडदिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी अनेम संघ केन्द्रिय सचिवालय सदस्य घिमिरले अनेम संघ जिल्ला कमिटी कपिलवस्तुले आयोजना गरेको तिजको अवसरमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे यस्तो बताउनु भएको हो । अनेम संघ यहाँ सम्म आईपुग्दा सम्म धेरै संघर्ष गर्नुका साथै बिभिन्न हिंसात्मक घटनाका मुद्दाहरु उठान गर्दै आएको बताउनु भयो ।

यसैगरी नेकपा एमालेलाई मतदान गर्नु भनेको बिकास निर्माणका कामहरु मात्र नभएर सिंगो राष्ट्रलाई जोगाउनु हो भन्दै अनेम संघले समाज परिवर्तनका निम्ति र राष्ट्रका निम्ति काम गर्दै आएको बताउनु भयो । अनेम संघका पदाधिकारीहरुलाई हरितालिका तिजको लगत्तै आफ्ना योजना बनाएर पालिका स्तरमा जानुपर्नेमा जोड दिनु भयो ।

नेकपा एमाले पार्टी केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य बलराम अधिकारीले समसामयी भूमिका र निर्वाचनमा पार्टीको भूमिका बिषयमा जानकारी दिनु भयो । साथै अनेम संघ पार्टीको बलियो संगठन भएको हुँदा आगामी निर्वाचनलाई सफलपार्न संघमा आवद्ध नगर कमिटीका पदाधिकारीहरु र जिल्ला कमिटीका पदाधिकारीहरु सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । हरितालिका तिजको शुभकामना दिंदै पार्टीको उद्देश्य सफलपार्न अनेमसंघको अहम भूमिका रहने अधिकारीले बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष डम्बर शर्माले तिजको अवरसरमा शुभकामना दिंदै पाटीैले गरेका काम र वर्तमान अस्थाको बारेमा जानकारी दिनु भयो । पार्टीले राज्य संचालन , बिभिन्न तहका सरकार संचालन र पार्टीले आफ्नो आन्तरिक पार्टी भित्र गरिने बैचारिक, शैद्धान्तिक र सांगठनिक कामको बारेमा प्रष्ट पार्नुभयो । साथै उहाँले बिगतका कामका आधारमा पार्टीलाई अग्रता प्रदान गर्न अखिल महिला संघका कार्यकर्ताहरुलाई निर्देर्शित गर्नुभयो ।

अखिल महिला संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य शारदा शर्माले संगठनको पद्दती शैली र अनुसासनको बिषयमा प्रशिक्षण दिनु भएको थियो । यसैगरी पार्टी जिल्ला कमिटी उप सचिव तथा अनेम संघको केन्द्रिय सदस्य सुशिला दर्लामीले संगठनको महत्व र धाँचाको बिषयमा सहजी करण गर्नुभएको थियो । साथै सामाजमा हुने बिभिन्न कुरितीहरुलाई परिवर्तन गर्न अनेम संघले बिभिन्न सचेतना मूलक कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रममा स्थानियतहमा निर्वाचित जन प्रतिनिधीहरुलाई कार्यक्रमका प्रमुख अतिथीबाट टिका, खादा र कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रम अनेम संघका जिल्ला अध्यक्ष चेतना अधिकारीको अध्यक्षतामा संघका उपाध्यक्ष शान्ता पाण्डेको स्वागत तथा सचिव धनु अधिकारीको संचालन रहेको कार्यक्रममा अनेम संघका केन्द्रिय कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, नगर कमिटीका पदाधिकारीहरु र जिल्लाका नेताहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ ।