लुम्बिनी प्रदेश भलिबल रेफ्री कमिसनको अध्यक्षमा बस्याल

मेचीकाली संवाददाता

७ भाद्र २०७९, मंगलवार
419 shares

बुटवल। लुम्बिनी प्रदेश भलिबल रेफ्री कमिसन गठन भएको छ । लुम्बिनी प्रदेश भलिबल संघकका उपाध्यक्ष योग गुरुङको अध्यक्षता तथा अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले लुम्बिनी प्रदेश स्तरिय रेफ्री कमिसन गठन गरेको हो ।

जसको अध्यक्षमा रुपन्देहीका बुद्धि बस्याल रहेका छन् । त्यस्तै सचिवमा रोल्पाका हरिश वली चयन भउका छन् । सदस्यहरुमा रुपन्देहीका किसन चन्द, नवलपरासीका गोविन्द प्रधान, बांकेका महेश चन्द, पाल्पाका अनन्त श्रेष्ठ, गुल्मीका सन्तोष पुन, कपिलबस्तुका सुजन राना, रोल्पाका झलक बुढा, अर्घाखाँचीका आकाश बेलबासे र दाङका भरत कुँवर चयन भउका छन् ।

उक्त कार्यक्रममा निर्वाचित रेफ्रीलाई शुभकामना दिदै लुम्बिनी प्रदेश भलिवल संघका उपाध्यक्ष योग गुरुङले खेललाई निष्पक्ष ढंगले अघि बढाउन रेफ्रीलाई आग्रह गरे । खेल, खेलाडि र रेफ्री बीच सम्बन्ध राम्रो भए मात्र खेल क्षेत्रको विकास हुने भन्दै उहांले कुनै पनि बाहनामा रेफ्रीले पक्ष वा विपक्ष लिन नहुने बताए ।

कार्यक्रममा लम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरिश वली, स्याङजा भलिवल रेफ्री कमिसनका अध्यक्ष अनिल राना, अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङ लगाएतले बोल्दै शुभकामना दिए । कार्यक्रम जिल्ला भलिवबल संघका उपाध्यक्ष लोकेन्द्र भण्डारीको स्वागत तथा बुद्धि बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।