अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई परामर्श कार्यक्रम

मेचीकाली संवाददाता

७ भाद्र २०७९, मंगलवार
396 shares

बुटवल । मन्त्र करियर ईनिष्टिच्यूट बुटवल ४ ट्राफिकचोक र भिजा डाइरेक्ट एजुकेसन एण्ड माईग्रेसन अस्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई त्यहाँ जानु पुर्व हुने अपेक्षा, चुनौती र वास्तविकता सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको हो । ईनिष्टिच्यूटकी डाइरेक्टर आशिका पोख्रेलले धेरै विद्यार्थीहरुलाई यहाँ कन्सल्टेन्सि मा दिईने काउन्सिलिङ र अष्ट्रेलिया पुगेपछि निकै फरक हुने भएकाले विद्यार्थीहरुलाई अप्ठयारो नपरोस भन्ने उद्देश्यका साथ परामर्श कार्यक्रम गरेको बताइन् ।

अष्ट्रेलियामा सम्भावनाका साथै चुनौती पनि रहेको र कतिपय विद्यार्थीहरुमा चुनौतीका बारेमा थाहा नहुँदा अप्ठयारोमा परेको भन्दै विद्यार्थीहरुलाई अष्ट्रेलियामा पुगेपछि सहज हुने गरी यो कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । परामर्श कार्यक्रममा गैर आवसिय नपाल संघ, अष्ट्रेलियाका पुर्व अध्यक्ष केशव कंडेलले परामर्श दिएका थिए ।

उनले त्यहाँ आफु रहदाको अनुभव, अष्ट्रेलिया कसरी जाने, विद्यार्थीले त्यहाँ पुगेपछि गर्ने कार्य लगाएत आईपर्ने समस्या र कानुनी उपचारका बारेमा जानाकारी दिए । डेढ बर्ष अघि मात्रै स्थापना भएको मन्त्र करियर ईनिष्टिच्यूटले पहिलो प्राथमिकता नेपाल मै केही गर्नु पर्छ भनेर विभिन्न किसिम का तालिम प्रदान गराउदै आइरहेको छ ।

युबाहरु लाई उपयुक्त कम्प्युटर तालिम/कम्पनी लेखा सम्बन्धी तालिम दिदै विभिन्न कम्पनि मा काम गर्न दक्ष बनाएर सयांै भन्दा बढि युबा हरु लाई आत्म निर्भर बनाएको छ । र साथै वैदेशिक शिक्षा को लागि भिजा डाइरेक्ट एजुकेसन एण्ड माइग्रेसन संग सम्झौता गरेर वैदेशिक शिक्षाको लागि अष्ट्रेलिया जान चाहने बिद्यार्थीलाई उचित सुझाब दिदै सहयोग गर्दै आइरहेको छ ।