महिला शसक्तिकरण सम्मान तथा तीज मिलन कार्यक्रम

मेचीकाली संवाददाता

११ भाद्र २०७९, शनिबार
403 shares

पार्वती आचार्य
कपिलवस्तु । साझा प्रयास अभियान, माहुरी होम कपिलवस्तु, लायन्स क्लब अफ प्राचीन कपिलवस्तु, यशोधरा र तौलेश्वरनाथको संयुक्त आयोजनामा कपिलवस्तु नगरपालिका, बुद्धभुमि नगरपालिका, महाराजगंज नगरपालिका, यशोधरा गाउँपालिकाको सहयोगमा होटल संकर तथा पार्टी पैलेसमा हरीतालिका तिज विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।

हरितालिका तीज आयोजक समिति निर्बाचन क्षेत्र नं २ द्वारा आयोजित महिला शसक्तिकरण, सम्मान तथा तीज मिलन कार्यक्रमको अध्यक्षतामा कपिलवस्तु नगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता गुप्ताको प्रमुख अतिथ्यता पर्यटन ग्रामीण तथा सहरी विकास राज्य मन्त्री रिना नेपालको रहेको थियो । कार्यक्रममा नारीशक्तिबाट सम्मानित वक्ताहरुले यो सम्मानले हामीहरुलाई थप उर्जा दिएको बताएका छन् ।

सो कार्यक्रममा अभियानका संयोजक रविन्द्रनाथ ठाकुरले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै देशमा केन्द्रीय सासन पद्धति हुदाँ बृहद शान्ति सम्झौताको मर्म अनुरुप केन्द्र देखि स्थानियतह सम्म लैंगिक मैत्री बजेट बिनियोजन गरिरहेका थिए । गाउँपालिकाले केन्द्रको निर्देशन अनुसार पुँजीगत बजेटको ३५ प्रतिशत छुट्याउने गर्दथे तर आज सम्बिधान निर्माणभइ देश संघीयतामा गइ सकेपछि तीन तहको सरकार निर्माण भएको छ ।

संघीय र प्रदेश सरकार लैंगिक मैत्री बजेट निर्माणको निरन्तरता दिए पनि स्थानीय सरकारले लैंगिक मैत्री बजेट निर्माणलाइ निरन्तरता नदिएको अवस्था रहेको बताउनु भयो । त्यसैले हामी बृहत कार्यक्रम गरी महिला दिदि बहिनिहरुलाई आफ्नो अधिकार लिन महिला शसक्तिकरण तथा सम्मान कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

सम्मानित हुने उप मेयरहरुको नेतृत्वमा सामाजिक समावेशी निति निर्माणगर्न लगाइ लच्छित वर्गको सामाजिक शसक्तिकरण एवं लच्छित वर्ग केन्द्रित भौतिक पूर्वाधारको लागि ३५ प्रतिशत बजेट छुट्याउन लगाउनु हुनेछ भन्ने आशा लिएको उहाँले बताउनु भयो ।

यस्तै वडा अध्यक्षहरुको तर्फबाट वार्ड नं ३ का वार्ड अध्यक्ष रुद्र प्रकाश गैरले गाउँपालिकाको तर्फबाट यशोधरा गाउँपालिकाका अध्यक्ष सिवदयाल तिवारी, प्रदेश सभा सदस्यहरुको तर्फबाट माला गोतामे, रुन्धावति शर्मा, पुर्ब सबिधान सभा सदस्यहरुको तर्फबाट शान्ति देबी हरिजनले शुभकामना मन्तव्य दिनु भएको थियो ।

स्वः भगवान दास गुप्ताकी धर्म पत्नी उर्मिला गुप्ता जस्ले घर गृहस्थी सम्हाली जनतासंग राम्रो ब्यवहार गरी श्रीमान स्वः भगवान दास गुप्तालाइ जिल्ला पंचायत सभापति हुदै पटक पटक सांसद बन्न समेत मद्दत गर्नु भएको थियो । उहाँका छोरा बृजेश कुमार गुप्तालाइ सांसद हुदै मन्त्री बन्न सम्म उत्प्रेरित गरेकाले आदर्श आमा आदर्श महिला सम्मान पत्रले सम्मान गरिएको छ ।

सामाजिक छेत्रमा कृयाशील रही समानुपातिक तर्फ सबिधान सभा सदस्य पदमा निर्वाचित हुनु भएकी पुर्व सांसद शान्ती देबी हरिजन एवं श्रीकान्ती पासी नारीशक्ति सम्मानबाट सम्मानित हुनु भएको हो ।

त्यसैगरी प्रदेश सभा सदस्यमा निर्बाचित सभासद माला गोतामे, रुन्धावति शर्मा, शान्ति देबी स्वर्णकार, उप प्रमुख मीरा चौधरी बुद्ध भुमि नगरपालिका, रीता कुर्मी महराजगंज नगरपालिका, गुन्जा देवी मौर्या, यशोधरा गाउँपालिका वार्ड नं २ की वार्ड अध्यक्ष सरीता त्रिपाठी नारीशक्ति सम्मान बाट सम्मानित हुनु भएको हो । त्यसैगरी लायन्स क्लब कपिलवस्त प्राचीनका सदस्य भई वार्ड अध्यक्षमा निर्वाचित वार्ड नं १ का जाहिद खाँ वार्ड नं २ का अशोक कुमार गुप्ता, वार्ड नं ३ का रुद्र प्रकाश गैरे जनसेवा सम्मानबाट सम्मानित हुनु भएको छ ।

कपिलवस्तु जिल्लामा लामो समय देखि बिभिन्न शिक्षण संस्था स्वास्थ संस्था गैर सरकारी संस्थाहरुलाई जग्गा दान गरेका जग्गा दाताहरु कपिलवस्तु नगरपालिकाका हरि राज शर्मा, पार्बती शर्मा, मुख्तार अहमद खाँ र नसरीन खातुन, यशेधरा गाउँपालिकाका सोमनाथ कुर्मी, सिवमति कुर्मी आदर्श जोडीसम्मानबाट सम्मान गरिएको थियो ।

उहाँहरुलाई प्रदेश सभा सदस्य माला गोतामे, सम्बिधान सभा सदस्य शान्ति देबी हरिजन, कुन्ती पासी, कपिलवस्तु नगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता गुप्ताले सम्मान गर्नु भएको थियो । यस्तै आदर्श आमा उर्मिला गुप्तालाइ प्रमुख अतिथि पर्यटन ग्रामीण तथा सहरी विकास राज्य मन्त्री रिना नेपालले कार्यक्रमका अध्यक्ष एवं कपिलवस्तु नगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता गुप्तालाई टिका, दोशल्ला र सम्मान पत्रले नारीशक्ति सम्मानबाट सम्मान गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष सुनिता गुप्ताले प्रमुख अतिथी राज्य मन्त्री रिना नेपाललाई दोसल्लाह ओढाई नारीशक्ति सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।

कार्यक्रम आयोजक समितिका सचिव माया ज्ञवालीको संचालन तथा समितिका सह संयोजक सबिता श्रेष्ठको स्वागत रहेको थियो । भने कार्यक्रमको दौरान साझा प्रयास अभियानका अभियन्ताहरुलाई अमेरिकी संस्था आन्टाद्वारा पठाईएको सम्मान पत्रले सम्मान गरिएको आयोजकले जानकारी दिएको छ । यस्तो प्रकारको नागरिक सम्मान कार्यक्रम जिल्लामा पहिलोपटक गरिएको आयोजकका संयोजक रविन्द्रनाथ ठाकुरले जानकारी दिनुभयो ।