गार्गीमा एकेडेमीमा तीज विशेष कार्यक्रम

मेचीकाली संवाददाता

१२ भाद्र २०७९, आईतवार
321 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले आइतबार महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर विद्यालयमा तीज विशेष कार्यक्रम गरेको छ । सो अवसरमा विद्यार्थीहरुबीच र अभिभावकहरुबीच प्रतियोगिता राखिएको थियो ।

कक्षा ४ देखि ९ सम्मका विद्यार्थीबीच छनौट चरण पार गरेका विद्यार्थी सहभागी थिए । भने, अभिभावकहरु ७ जना छनौट चरण पार गरी प्रतिष्पर्धामा थिए । विद्यार्थीहरुबीच भएको प्रतियोगितामा कक्षा ८ रोज प्रथम, ७ लोटस द्धितीय र ९ लोटसले तृतीय स्थान हाँसिल गरेका थिए । त्यस्तै अभिभावकबाट विष्णु शर्मा प्रथम, भगवती भण्डारी द्धितीय, राधा सुनार तृतीय र क्षितिजा राहादी सान्त्वना भएका थिए ।

विद्यालय व्यवस्थान समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षता, सञ्चालक समिति सदस्य जीवन अधिकारीको स्वागत तथा प्राचार्य भुवन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सोही अवसरमा नेपाली विभागले प्रत्येक वर्षको दुई पटक प्रकाशन गर्ने भित्ते पत्रिका नेपाली विभागीय प्रमुख नवराज न्यौपानेको संयोजकत्वमा गठित गार्गी साहित्यिक मञ्चले भित्ते पत्रिका विमोचन समेत गरिएको थियो । सो अवसरमा राष्ट्रिय कलाकार अमरदिप विसीले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।