एम्स कलेजमा तनाव व्यवस्थापन सेमिनार तथा तीज मिलन कार्यक्रम

मेचीकाली संवाददाता

१३ भाद्र २०७९, सोमबार
305 shares

बुटवल । एम्स कलेज बुटवलको आयोजनामा तनाव व्यवस्थापन सम्बन्धी सेमिनार तथा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख श्रोत व्यक्ती नशा एवम मनोरोग विशेषज्ञ डा. विनोद पौडेलले तनाव सिर्जना हुनुका कारण, तनाव व्यवस्थापनका उपायहरुका साथमा मानव जिवनको विभिन्न कालाखन्डमा आउने तनावका बहुपक्षिय विषयहरुमाथी प्रष्ट पार्दै सहभागिहरुले राखेका ब्यबहारिक जिज्ञासाहरुलाई सामाधान गरेका थिए ।

एम्स कलेजका प्रमुख दीपक ढकालको अध्यक्षता र कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमा बोल्दै प्रमुख ढकालले तनाव व्यवस्थापान स्वास्थ्य जिवनका लागी हरेक व्यक्तिको निम्ती अपरिहार्य भएकोले यसप्रकारको कार्यक्रम लाभदायी हुने जानकारी गराए ।

कार्यक्रमको अर्को शत्रमा काउन्सिल अफ एम्स स्टुडेण्टसले विद्यार्थी एवम कर्मचारिहरुलाई सहभागी गराई तिजको सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थियो भने अहिलेका चर्चित गायककार श्रीधर अधिकारिले तिजका विभिन्न गित संगीत प्रस्तुत गर्नुभएको थियो । फर्साटिकरमा सम्पन्न भएको कार्यक्रम विकाश श्रेष्ठको स्वागत र प्राध्यापक सुरज शाक्यको सञ्चालनमा भएको हो ।