मुक्तिनाथ बैकद्वारा महिलाहरुका लागि वित्तीय साक्षरता

मेचीकाली संवाददाता

१३ भाद्र २०७९, सोमबार
102 shares

बुटवल, भदौ १३ । मुक्तिनाथ बिकास बैंक लिमिटेडले बुटवलमा सोमबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ । मुक्तिनाथको लघु बैंकिङ बिभाग डेस्क कार्यालय बुटवल अन्तरगत रुपन्देही तथा पाल्पाका विभिन्न ५० बढी केन्द्रका प्रमुख तथा उपप्रमुखहरुलाई वित्तीय साक्षरता सम्बन्धि अभिमूखिकरण गरेको हो ।

रुपन्देहीका बुटवल उपमहानगर, लितोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, सुद्धोधन गाउँपालिका र पाल्पाको तिनाउ गाउँपालिकामा रहेका महिलाहरुको लघुबैंकिङ केन्द्रका प्रतिनिधिहरु सहभागी कार्यक्रममा प्रमुख अतिथी बुटवल उपमहानगर उपप्रमुख सावित्रा अर्याल रहेकी थिइन् । लघुवित्तले महिलाहरुको वित्तीय साक्षरताका लागि कृषि, पाशु पालन, घरेलु तथा साना उद्योग उञ्चालन लगायत उत्पादनसँग जोड्नेगरी लगानी गर्दै आएको बैंकले जनाएको छ । बैंकका केन्द्रीय कार्यालय प्रतिनिधि प्रेम थापा, क्षेत्रीय प्रतिनिधि राजेन्द्र घिमिरे, अनुगमन अधिकृत सागर अर्याल तथा बैंकका बुटवल शाखा प्रमुख कमल देवकोटाले बोल्दै सानो लगानीबाट पनि ठूलो उद्यमी बन्न सकिने बताए । कुनैपनि क्षेत्रमा लगानी गर्नुपूर्व त्यसको सम्भाव्यता अध्ययनमा जोड दिनु पर्ने उनीहरुको सुझाब छ ।

यसैगरी बैंकको समेत सेयर लगानी रहेको मुक्तिनाथ कृषि कम्पनीका प्रमुख सन्तोष अधिकारीले बजारको माग र आपूर्तिमा असन्तुलनका कारण समस्याहरु आउने गरेको बताए । उत्पादनपछि मात्रै बजार खोज्ने प्रचलनले मूल्य नपाउने समस्या रहेको बताउँदै उनले सरकार तथा स्थानीइ तहहरुले समेत आफ्नो भूगोल सुहाउँदो परियोजनाहरु बनाउन आश्यक रहेको बताए ।
नेपालमा आर्थिक बिकासको प्रमुख आधार नै कृषि उत्पादन भएको बताउँदै उनले कृषिलाई सम्मान दिनु पर्ने तथा कृषिलाई संस्थागत गराउन आवश्यक रहेको औल्याए । युवा पुस्तामा कृषिको आकर्षणका लागि आधुनिक कृषि औजार तथा प्रविधिसँग जोड्न आवश्यक रहेको सहभागीहरुले बताए । मुक्तिनाथ लघु बैंकिङ बुटवलका डेस्क प्रमुख विकेक थारुको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

बुटवल डेस्कमाफर्त १७८ वटा केन्द्रबाट २ हजार बढी सदस्यहरु बचत कार्यक्रममा सहभागी रहेका छन् भने ६ सय बढीले विभिन्न व्यवसायीक कर्जा सुविधा लिएका छन् । महिलाहरुलाई सुलभ दरमा ऋण प्रवाह गरी उनीहरुको व्यवसायीक क्षमता बिकास गर्नुका साथै वित्तीय रुपमा सशक्त बनाउन सहयोग गर्दै आएको बैंकको दाबी छ ।