रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकद्धारा तीज मिलन कार्यक्रम

मेचीकाली संवाददाता

१३ भाद्र २०७९, सोमबार
357 shares

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसले तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । नारिहरुको महान पर्व हरितालिका तीजको अबसरमा क्लबमा आबद्ध दिदिबहिनिहरुलाई जम्मा गरि तिज मिलन कार्यक्रम गरिएको हो ।

दिदि बहिनिहरु सँग एक आपसमा चिनजान तथा होस भन्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष बिष्णु घिमिरेले बताए । उनले क्लबको वार्षिक कार्यक्रम अन्र्तरगत यो वर्ष पनि तिज मिलन कार्यक्रम राखिएको बताए । सामाजिक क्षेत्रमा केहि गर्नु पर्छ भन्ने उद्धेश्यले खोलिएको क्लब भएको हुँदा समाज परिबर्तनका निम्ती बिभिन्न खालका रचनात्मक कार्यक्रम गदै आएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्तिलोतमा नगरपालिकाका उपप्रमुख जागेश्बरी चौधरीलले रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्बपूर्ण रहेको बताइन् । क्लबले नारिहरुको महान पर्ब हरितालिका अबसर पारेर तिज मिलन तथा दर खाने कार्यक्रम राखेर नारिहरुलाई थप अगाडी बढ्नको लागि प्रोसाहन गरेकोमा धन्यबाद व्यक्त गरिन । तीज पर्वलाई आफ्नो क्षमता अनुसार मनाउनको लागि उनले आग्रह गरिन् ।

कार्यक्रममा क्लबका चिफ एडभाइजर राजेन्द्र ढकालले क्लबले स्थापना कालदेखि नै बिभिन्न खालका कार्यक्रमहरु गदै आएको बताए । यो वर्ष बिभिन्न रचनात्मक खालका कार्यक्रमहरु सन्चालन गर्न उनले आग्रह गरे । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष साजन भण्डारी, दिपक चापागाई, बिजय कार्कि लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम क्लबका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षता, कार्यक्रम संयोजक क्लबका उपाध्यक्ष प्रकाश पोखरेलको स्वागत तथा सचिब सिद्धार्थ आचार्यको सञ्चालनमा भएको थियो ।